Photo of Milford Sound in New Zealand

मनिला । फिलिपिन्समा क्रिसमस पर्व मनाउन गइरहेको एउटा बस सोमबार दुर्घटना हुदाँ कम्तीमा २० जनाको मृत्यु भएको छ । क्रिसमस मनाउनका लागि गइरहेको एउटा संयुक्त परिवारका २० जना रहेको सो बस विपरीत दिशाबाट आएको अर्को बससँग ठोक्किँदा सो दुर्घटना भएको हो ।

आगी सहरमा क्रिसमसको उपलक्षमा चर्चतर्फ गइरहेको सो सानो बसलाई ठूलो बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । सानो बसमा रहेका २० जनाको मृत्यु भएको हो ।

यस घटनामा ज्यान गुमाउनेमा ६ बालबालिकासमेत रहेका छन । सानो बसका नौजना र ठूलो बसका १७ व्यक्ति घाइते भएका क्षेत्रीय प्रहरीले दिएको पछिल्लो जानकारीमा जनाइएको छ ।

फिलिपिन्सको आगी सहर राजधानी मनिलाबाट २ सय किलोमिटर उत्तरीतर्फ रहेको बताइएको छ ।

फिलिपिन्समा दावाओ सिटीमा शनिबार एउटा सपिङ मलमा भएको आगलागीमा परी ३७ जनाको मृत्यु भएको थियो । त्यसलगत्तै सोमबार फेरि यो अर्को दुर्घटना भएको छ ।

उता शुक्रबार आएको ‘टेम्बिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको संख्या २४० पुगेको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । प्राप्त अर्को एक समाचारमा उक्त प्रकोपको पनि खतरा नघटेको बताइएको छ ।

फिलिपिन्सको दोस्रो ठूलो टापूका रुपमा चिनिने मिन्दानाओमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या सोमबार २४० नाघेको अधिकारीहरुले जनाएका छन् ।

साथै, अझै पनि सयौं व्यक्ति बेपत्ता भएका अधिकारीले जानकारी दिएका छन् । उक्त आँधीमा परी बेपत्ता रहेका दर्जनौँ व्यक्ति अब भेटिने सम्भावना कमै रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

यस आँधीका कारण ५० हजारभन्दा बढी सर्वसाधारण घाइते भएका छन् भने सयौँ घर ध्वस्त भएका तथा कतिपय त गाउँ नै बाढीले बगाएको पनि जनाइएको छ ।

यसरी गएको शुक्रबारदेखि फिलिपिन्समा आएको निरन्तर रुपमा प्राकृतिक प्रकोप र दुर्घटनापछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि दुःख व्यक्त गरेका थिए । रासस news24nepal.tv

The post क्रिसमस मनाउन गइरहेको बस दुर्घटना, संयुक्त परिवारका २० जनाकै मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Bw5SbN
via IFTTT

0 comments:

Post a Comment

add

 
Top