Photo of Milford Sound in New Zealand

यतिबेला अनमोल केसी स्टारर चलचित्र कृ को चर्चा निकै छ । माघ २६ मा रिलिज हुन लागिरहेको यो चलचित्रपछि भुवन केसीले आफनो होम प्रडक्सनमा निर्माण गर्न लागेको अर्काे चलचित्र क्याप्टेनको चर्चा पनि यतिबेला निकै छ । हालसम्म आफनो चलचित्रमा नव नायिकाहरुसंग काम गर्दे आएका अनमोलको क्याप्टेनमा नब नायिका उपासना सिंह कन्फर्म भएको खबर बाहिरियो । तर निर्माण पक्षले उपासनाको नाम अगाडी रहेको तर पक्का भएको बताएका छन् ।

यसैबीच यस चलचित्रमा एश्वर्य फेम नायिका दिपिका प्रसाई नायिका हुने चर्चा पनि थियो । चर्चा यस कारण पनि भएको थियो किनकी भुवनको यस चलचित्रमा एश्वर्य फेम निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्दैछन् तर भुवनले भने क्याप्टेनमा दिपिका नहुने बताएका छन् । उनका अनुसार यस चलचित्रमा दिपिका अनमोलको नायिका हुनै सक्दैन । उनले भनेका छन् “क्याप्टेनमा अरु नायिका हुन सक्ला तर दिपिका हुनै सक्दैनन” । चलचित्रको कथाले नमागेको भन्दै यस चलचित्रमा दिपिकाको नाम अटाउँने सम्भावना विल्कुलै नभएको उनको दाबी छ । त्यसो त यसअघि दिपिकाले अनमोलसंग काम गर्न ईच्क्षुक रहेको बताएकी थिईन । हेरौ दिपिकाको यो चाहना कसले पुरा गरिदेला ।

The post भुवनले किन भने ??? दिपिका अनमोलको नायिका हुनै सक्दिनन् … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pGmrQN
via IFTTT

0 comments:

Post a Comment

add

 
Top