Photo of Milford Sound in New Zealand

काठमाडौं । ‘जो जिता वही सिकन्दर’ भन्छन् नी, त्यस्तै भयो नवराज सिलवाललाई ।

जतिबेला उनले ललितपुर १ बाट चुनाव जितिसकेका थिएनन्, मतगणना बाँकी नै थियो । तर, बाँकी भोट सबै उदयशमशेरले पाए पनि उनको जितलाई रोक्ने अवस्था थिएन । यस्तै बेला उनको मोबाइलमा एउटा फोन बज्यो । गणनामा भएका कारण उठाउन पाएनन् । म्यासेज आयो, ‘ डा. शेखर कोइरालाले नवराजसँग कुरा गर्न चाहेका रहेछन् । यसपटक नवराज हत्तपत्त बाहिर निस्किए, फोन गरे । पुलिसको बानी न हो, शेखरले फोन उठाउनासाथ नवराजले ‘सर, जय नेपाल’ दन्काइहाले । शेखरले भने, ‘सिलवालजी ठूलो गल्ती भयो । मलाई तपाईसँग भेटेरै कुरा गर्न मन थियो । तर, अहिले विराटनगरमै छु । तपाईलाई नचलाएको भए आज कांग्रेसका लागि यस्तो दिन नआउने रहेछ । मैले सभापतिजीलाई पनि भने । तपाईले जित्न लाग्नु भएको सुनेर खुसी लाग्यो । बधाई छ ।’

मतदानभन्दा तीन दिन अघि प्रहरी हेडक्वाटरले सिलवाललाई हराउन टोली परिचालित गरेको हल्ला चल्यो । यस्तो सुनेर नवराजले आफूसँगै आइजिपीका प्रतिस्पर्धी उपत्यकाका एआइजी जयबहादुर चन्दलाई फोन गरेर थर्काए । जयबहादुरले भने, ‘त्यस्तो काम मैले गरेको भए म मरिजाउँ यार । तेरोविरुद्ध म यस्तो गर्छु होला ? नचाहिने कुराको पनि नलाग । चुनाव जितेर आइज ।
जनआस्था साप्ताहिकबाट

The post शेखर कोइरालाले नवराज सिलवाललाई भने, ‘सिलवालजी ठूलो गल्ति भयो’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CajMRQ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top