Photo of Milford Sound in New Zealand

काठमाडौ – स्वदेश तथा विदेशका सांगीतिक कार्यक्रमहरूमा सहभागिता भइ लगभग १ करोड पारिश्रमिक लिन सफल मेलिना राई सांगीतिक क्षेत्रमा छोटो समयमै एक सफल गायिका रुपमा स्थापित भएकी छिन्।

मेलिनाका बुवा जिवेश राई पनि संगीतकर्मी भएकोले बाल्यकालदेखि नै मेलिना संगीतिक वातावरणमा हुर्किन्। ११ वर्षको उमेरमा उनि गीत रेकर्ड गर्न छिरेकी हुन्। उनले पहिलो गीत ‘हिमालको काखमा छ’ मा स्वर दिएकी थिइन्।

स्कुले जीवन देखिनै संगीत क्षेत्रमा छिरेकी मेलिनाले संगीतको साथै पढाइलाई पनि राम्रो बनाउदै आएकी छिन् । उनलाई संगीतकार ताराप्रकाश लिम्बूले एफएमको जिंगल गाउन लगाएपछि अरु एल्वममा अवसर दिएको र चलचित्र ‘नोभेम्बर रेन’ मा पाश्र्व गायन गराएको थियो।

अहिलेसम्म लगभग तीन सयवटा गीत गाइसकेकी मेलिना राई सांगीतिक कार्यक्रममा पनि उत्तिकै व्यस्त छिन् । झन्डै तीन दर्जन चलचित्रमा पाश्र्व गायन गरिसकेकी मेलिनाले आधुनिक गीतमा पनि उत्तिकै समय दिएरहेकी छिन ।

The post मेलिनाको कमाइ १ करोड ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2D77UiV
via IFTTT
24 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top