Photo of Milford Sound in New Zealand

कानेपोखरी । मोरङको कानेपोखरीस्थित चिसाङ पुलमुनि कष्टकर जिवन बिताईरहेका आमाछोरीको बारेमा एक साताअघि बेतना दैनिकमा समाचार प्रकाशित गरेपछि ओरेक बिराटनगरले सोमबार आमाछोरीको उद्धार गरी बिराटनगर लगेको छ ।
आमाछोरकिो उद्धार गरी बिराटनगरमा राखिएको उद्धारमा खटिएकी पत्रकार इन्दिरा भट्टराईले जानकारी दिएकी छिन ।

मंसिरको चिसो सिरेटो,आङमा लाज छोप्ने एकसरो कपडा बाहेक केही छैन,हरेक रात अभाव र पिडामा छटपटिएर बिहानीको झुल्के घाम र त्यस्ले ल्याउने न्यानो कल्पना बाहेक केही थिएन यी आमाछोरी सँग, एकछाक खानकै लागी संघर्ष त्यो बाहेक उनका हरेक सपना र कल्पनाहरु पटक पटक मरिसकेका थिए ।

दैनिक पुलमाथि दौडिने हजारौँ सवारीसाधन,त्यही बाटो भएर झण्डावाला गाडीमा सवार दर्जनौ मन्त्री र मन्त्री,त्यहि पुलमुनि गुमनाम यी आमाछोरी,जसको सपना खोसिएको बर्षौ बित्यो,उनीहरुको खुसी फेरी कहिल्यै फर्किएन । अहिले उनीहरुको संघर्ष एकछाक टार्नको लागी मात्र संघर्ष । श्रीमानको मृत्युसँगै मोरङको सुन्दरहरैचा की ५६ वर्षीया कुस्मी उराव र उनकी सुस्त मनस्थितिकी छोरी दयावतीका लागि चिसाङ पुलमुनिको कष्टकर बसाइ नियतिझैं नै बनेको छ । पुलमुनिको ओढारजस्तो घर । त्यसमै बस्छन, दुई आमा छोरी । नौ वर्षयता ती दुईलाई टाउको लुकाउने एक मात्र विकल्प भनेकै त्यही छाप्रो हो ।

रेबिज लागेको कुकुरले टोकेर पतिको ०४५ सालमा मृत्यु भयो । साहुको जग्गामा झुप्रो बनाएर बसिरहेका बेसहारा उनीहरुलाई त्यहाँबाट लखेटियो । र, खोज्दै जाँदा त्यही पुलमुनि आश्रय भेटे । पतिको मृत्युपछि धेरै समय मागेरै आफ्नो र छोरीको पेट भरिन, कुस्मीले । जंगलबाट टिपेका निगुरो र सालका पात बिक्री गरेर ओढ्ने र ओछ्याउने व्यवस्था गरेका छन् । हावा चलेर बत्ति बल्न दिँदैन, उनीहरुको रात अन्धकारमै बित्छ । अभाव र गरिबी सँग पौठेजोरी खेलिरहेको यी आमाछोरीको जिवन संघर्षमै बितिरहेको छ ।

समाजमा थुप्रै सामाजिक संघसंस्थाहरु छन र सामाजिक ब्यत्तिहरु पनि, उनीहरु समाजसेवाका बारेमा ठुलाठुला गफ हाँक्छन । यो गरियो र त्यो गरियो भनेर फुँइ समेत लगाउँछन । देखासिकी गरेर केही घर बनेका र सहयोग गरेका उदाहरण पनि छन तर त्यही समाजमा यस्ता अभावको जिवन जिईरहेका मानिसहरु पनि छन । त्याँहा न त सरकारको आँखा परेको छ न त कुनै सामाजिक संघसंस्था र दाताहरुको नै आँखा परेको थियो ।

The post पुलमुनि चिसोमा कष्टकर जिवन बिताईरहेका आमाछोरीको उद्धार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2B96RC6
via IFTTT

0 comments:

Post a Comment

add

 
Top