Photo of Milford Sound in New Zealand

रोल्पाको नुवागाउँमा जन्मेकी ज्योति मगर हाल कोटेश्वरमा बस्छिन् । पछिल्लो समय निकै चर्चामा रहेकी उनी दर्शकमाझ गायिकाका रुपमा ‘उही मूलाको सिन्की उही मूलाको चाना’बाट चर्चित भएकी हुन् । कहिले टेलिभिजनले उनको अन्तरवार्ता रोकिदिएको त कहिले उनले बोलेको कुराले मिडियामा छाइरहन्छिन् ।

विदेशमा हुने सांस्कृतिक कार्यक्रममा उनको माग बढिरहेको छ । बढी विदेश जाने कलाकारमा पर्छिन् उनी,
आजभोलि केमा व्यस्त हुनुहन्छ ?

आजभोलि यस्तै कार्यक्रममा व्यस्त छु । साउनमा मलेसिया जान्छु । यो पालि तीजको गीत नगरुँ कि भन्नेमा थिए । तर फेरि एउटा भए पनि निकाल्नु पर्छ भन्ने लाग्यो । तीजको गीतमा पनि अलि व्यस्त छु ।

तपाईंंको फेसबुक पेज त धेरै छ नि ? आफैँ चलाउनु हुन्छ कि, के हो ?
(हास्दै) हेर्नु, मैले फेसबुक त भर्खर हो चलाउन थालेको । फेसबुक नचलाउदा पनि साथीहरुले तेरो त फेसबुक रै’छ भन्नुहुन्थ्यो । जबकी मैले फेसबुक नै त्योे बेला चलाउँदैन थिएँ । अब आफै बुझ्नु । मेरो धेरै झुठा फेसबुक आइडी, पेज छन् ।

बेलाबखत त निकै चर्चामा आउनु हुन्छ नि ? तपाईंंको अन्तरवार्ता त नेपाल टेलिभिजन र हिमालय टेलिभिजनले रोक पनि लगाएछ ?
यस्तै हो । खोइ, उहाँहरुलाई के कारण रोक लगाउनुभयो । मिडियामा आएअनुसार मेरो पहिरनलाई भनिएको छ । म त गायिका भन्दा आफूलाई पर्फमर मान्छु । जुन म हो पनि । त्यसकारण एउटा पर्फमरले आफूलाई चिटिक्क त देखाउन चाहन्छ नि !

तपाईंले पहिरन पनि छाति देखाएर लगाउनु हुन्छ भन्ने अरोप छ नि ?
हाहाहा….हेर्नुस्, तपाईंले भनेको कुरा म बुझ्छु । मैले पुरै छाति देखाएर लुगा लगाएको छैन । तर जो ले जेसुकै भनोस् । मलाई मेरो क्लिभेज धेरै मन पर्छ ।

रोल्पादेखि काठमाडौँसम्म आउदा कति सजिलो भयो ?
म रोल्पाबाट पहिला दाङ झरेको हुँ । पढ्नलाई । त्यसपछि दाङबाट काठमाडौँको यात्रा गरेको हुँ । दाङबाट काठमाडौँको यात्रा त बसमा सजिलै भयो । तर काठमाडौँमा पुगेपछि संघर्ष सुरु भयो ।

तपाईंलाई त तपाईंको श्रीमानले शारीरिक सम्बन्धमा सन्तुष्टी दिनु हुँदैन रे नि ?
हाहाहा, अब तपाईंको यो प्रश्नको उत्तर मैले के भनेर दिनु । म कानुनी रुपमा कसैसँग बिहे भएको छैन । जहाँसम्म मायाको कुरा छ, त्यो त ममात्र होइन । सबैलाई हुन्छ । बिहे नभएको मान्छेको श्रीमान कहाँबाट आयो ।

तपाईं त एक्कासी चर्चामा आउनु भयो है ?
कहाँ एक्कासी आउनु नि ! धेरै मेहनत गरेको छु । त्यो दिनका मेरा संघर्ष सम्झिँदा आजभोलि जीवनमा धेरै संघर्ष गरियोजस्तो लाग्छ । तर जीवन नै संघर्ष रहेछ । दोहोरी साँझबाट सुरु गरेको मेरो जीवन अहिले यहाँसम्म पुगेको छ ।

कार्यक्रममा विदेशमा जानु हुन्छ । पैसा त निकै कमाउनु भएको होला ?
हाहाहा, यस्तै हो, पैसा कमाएँ भन्न काठमाडौँमा बंगला बनाएको छैन । कार चढेर हिँडेको छैन । बस काठमाडौँमा खान र बस्न पुगेको छ । मेरो दिदीहरुको छोरा पनि पढाउने जिम्मा लिएको छु । उनीहरुलाई पढाउने, खाने, बस्ने अनि मेरो मेकअप र पहिरन गर्न पुगेकै छ ।

प्रेम के हो ?
हेर्नुस् न, प्रेम एउटा त्यस्तो चिज हो जुन सबलाई आवश्यक छ । मलाई तपाईंलाई अरु सबलाई तर मैले बुझेको कुरा के भने प्रेम सबै भन्दा पहिले आफूलाई गर्नु पर्छ ।

सेक्स के हो ?
सेक्स त सबैलाई आवश्यक कुरा हो ।

सेक्सको अनुभव कुन उमेरमा गर्नु भयो ? अनि कोसँग ?
यो त आइ एम म्यारिड बट आइ एम भर्जिन भनेजस्तो भयो । यो उमेरको छु । सेक्सको अनुभव त छ । तर मेरो जीवनमा मैले १६/१७ वर्षको उमेरमा सेक्स गरेको हुँ । कोसँग भनेरचाहिँ नभनौँ । हाहाहा (हाँसो) ।

अन्तमा ?
छोरी मान्छेले छोरी हुँ भन्नु हुँदैन । म मान्छे हुँ भन्नु पर्यो ।

The post १६ वर्षमै सेक्स गरेँ, कोसँग चैँ नभनौँ – ज्योति मगर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BPsLrG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top