Photo of Milford Sound in New Zealand

कञ्चनपुर, २८ मंसिर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित

प्रतिनिधी सभा सदस्य बिना मगरले विकासको मामिलामा कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । बिहीबार बेलौरी नगरपालिका–२ गोकुलपुर लक्ष्मी उच्च माध्यामिक विद्यालयको ५३ औँ बार्षिकोत्सव समारोहमा बोल्दै बिनाले यस्तो बताउनुभएको हो ।

विकासको मामिलामा कुनै कसर बाँकी राख्ने छैन, ‘उनले भनिन्, ‘कञ्चनपुरको शैक्षिक गुणस्तरमा आफ्नो क्षेत्रबाट पुर्ण पहल गर्छु ।’ सरकारी विद्यालयको शैक्षिक गुणस्तर नहुँदा बेरोजगार बढ्दै गएकाले दक्षिणी क्षेत्रका युवा विदेशीन बाध्य भएको बताउदै बिनाले शैक्षिक सुधार आवश्यक रहेको औल्याउनुभयो । आफु निर्वाचित भएपछि निर्वाचन क्षेत्र नम्बर १ को शैक्षिक गुणस्तर बृद्धि गर्ने योजना समेत रहेको उनले बताईन् । शिक्षा नागरिकको नैसर्गिक र मौलिक अधिकार भएको बताउदै शिक्षाको स्तरबृद्धि गर्नुको विकल्प नभएको बताउदै उनले आफुले समग्र शिक्षा प्रणलीमा परिवर्तन गरि रोजगारीमुलक शिक्षाको विकास र वितारमा जोड दिने धारणा व्यक्त गरिुन ।

बिनाले कञ्चनपुरको आर्थिक विकास, सम्बृद्धि र बेरोजगारी अन्त्यका लागि आफुले काम गर्ने बताउदै त्यसमा समेत जनताको साथ र समर्थन आवश्यक रहेको बताए । ‘यहाँको दीगो विकास र सम्बृद्धिका लागि मलाई वाम गठनबन्धनका नेताहरुले पुर्ण सघाउने विश्वास व्यक्त गरेको छु, ‘उनले भनिन, ‘विकासका लागि सबैको अपनत्व हुनुपर्छ ।’ बिनाले दक्षिणी क्षेत्रका काँग्रेस नेता तथा कार्यकर्ताहरुले समेत विकासका कामका लागि आफुलाइ साथ दिने आशा व्यक्त गरिन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाता र आम जनसमुदायलाई विशेष धन्यवाद समेत दिएकी छिन् । ‘मलाई तपाईहरुले जसरी अमुल्य मतदान गरेर जिताउनुभयो तपाइहरु प्रति म सदैव आभारी रहनेछु ‘उनले भनिन्, ‘तपाइहरुको मतको उच्च कदर गर्दै तपाइहरुका माग सम्वोधन संगै यहाका समस्या समाधान गर्न निरनतर सक्रिय रहने प्रतिवद्धता गर्दछु ।’ यस क्षेत्रका समस्याप्रति आफु जानकार रहेको बताउदै उनले समग्र आर्थिक र दिगो विकासका लागि निरन्तर खट्ने बचन दिइन ।

कार्यक्रममा बोल्ने वक्ताहरुले कञ्चनपुर क्षेत्र न.ं १ बाट निर्वाचित बिनालाई विकास निर्माण संग सम्वन्धित प्रभावशाली मन्त्रालय दिनुपर्नेमा माग गरेका छन् । विकासबाट उपेक्षित कञ्चनपुरको दक्षिणी क्षेत्रको विकासका लागि बिनालाई मन्त्री नियुक्त गर्नु पर्ने वक्ताहरुको भनाई थियो । दक्षिणी क्षेत्र सम्भावना बोकेको क्षेत्र भएपनि लगानी अभावका कारण विकास हुन नसकेको भन्दै स्थानीयले विकास र सम्बृद्धिमा ध्यान दिन समेत आग्रह गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर नम्बर १(ख) प्रदेश सभा सदस्य कुलबिर चौधरीले आफ्नो प्रदेश सभा क्षेत्रमा रहेका विद्यालयको भौतिक सुधार गर्ने प्रतिबद्धता जाहेर गरे । एमाले नेता पल्ववराज भट्टले शैक्षिक क्षेत्र सुधारका लागि केन्द्रीय स्तरबाटै बजेट विनियोजन हुनुपर्नेमा जोडदिए । ग्रामीण क्षेत्रका विद्यालय सुधार आवश्यक रहेको उनको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलबिर चौधरीको सभापतित्वमा सम्पन्न भएको बार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्राध्यानाध्यापक वीरेन्द्र सिह भण्डारीले विद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गरे । कार्यक्रममा विभिन्न राजनीतिक दल, बुद्धिजिवी, शिक्षक विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो

The post चुनाव जितेपछि विना मगरले भनिन्- विकासको मामिलामा कुनै कसर बाँकी राख्ने छैन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2B0XQIK
via IFTTT
14 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top