Photo of Milford Sound in New Zealand

दुर्घटनामा परेका दिपेशको अवस्थामा सुधार आएपछि दिपेशले आफ्नो आफ्नो फेसबुकमा वालमा यस्तो लेख्नुभएको छ:

एकसाता अघि रोल्पाको सुलिचौरमा म चढेको गाडीको ब्रेक फेल भई दुर्घतनामा परी जब म गम्भिर घाईते भएर बेहोस् भएछु।केही घन्टापछि जब केही होस् आएर मेरो आँखा केही खुल्यो रगतले मेरो शरिर पुरै भिजेको देखें।मलाई लाग्यो आजको दिन नै मेरो अन्तिम रहेछ।

अब त म बाँच्दैन होला जस्तो लाग्यो।फेरी बेहोस् भएछु त्यसपछि मेरो परिवारजन,सबै मित्रजन तथा सम्पूर्ण तपाई शुभचिन्तकहरुले मलाई एकै स्वरमा कराई रहेको जस्तो,दिपेश तिमि बाँच्नुपर्छ,बोल्नुपर्छ उठ्नुपर्छ भन्दै कराईरहेको जस्तो महसुस भयो म फेरी होसमा आए त्यसपछि मलाई लाग्यो हैट म बाँच्नुपर्छ मलाई केही भएको छैन भन्ने सोचे म मा उच्च मनोबल आयो र म सबै पिडाहरुलाई भुलेर बोल्न र हाँस्न कोसिस गरिरहे।पछि तेस्रो पटकको होसमा आउँदा ग्राण्डी हस्पिटलको आईसियूको बेडमा रहेछु।त्यसपछि मेरो स्वास्थ्य निरन्तर सुधार हुँदै म पूर्ण सन्चो हुँने क्रममा छु ।

आज म नियमित स्वास्थ्य फ्लअप गर्नेगरी सबैको सहयोग र स्नेहले म अस्पतालबाट डिस्चार्ज भएको छु । रोल्पाको सुलीचौर नजिकै गाडि दुर्घटना हुँदा गम्भीर घाईते भएपछि उद्धार गरी काठमाडौको ग्राण्डि अस्पताल पुर्याउने आफन्त , ग्राण्डि अस्पतालका अध्यक्ष दिपक कुंवर अंकल,ग्राण्डी मेडिकल डाईरेक्टर डा•चक्रराज पान्दे सर,उपचारमा संलग्न डाक्टर, नर्स अन्य कर्मचारीहरुलाई हृदयदेखि धन्यवाद ।

अस्पतालमा उपस्थित भई तथा विभिन्न माध्यामबाट स्वास्थ्यलाभको कामना गर्नुहुने तपाई सबै मित्रजन तथा शुभचिन्तकहरुलाई हृदयदेखि धन्यवाद।तपाईहरुको यो स्नेही मायाले नयाँ जीवन प्राप्त गरेको छु ।आगामी जीवन राजनीतिक र सामाजिक क्षेत्रबाट देशको लागि योगदान गर्ने प्रण गर्दछु।

The post एक साता पछी बोले दिपेश पुन – मलाई लागेको थियो आजको दिन नै अन्तिम दिन रहेछ … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BpfRAJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top