Photo of Milford Sound in New Zealand

नेपालमा १३ स्मार्ट सिटी र २७ नयाँ शहर बन्दै, कहाँ कहाँ बन्दैछन् ? !! हेर्नुहोस् कतै तपाईको गाउँ,शहर परे की ??केही नमुना हेर्नुहोस

सरकारले मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्गका आसपासका क्षेत्रमा १३ वटा स्मार्ट सिटी र २७ बटा नयाँ सहर बनाउने भएको छ । प्रत्येक सहरमा १ १ लाख जनसंख्या अटाउने लक्ष्य लिइएको आयोजना निर्देशक पराग कायस्थले जानाकारी दिएका छन् । नयाँ निर्माण हुने शहर अत्याधुनिक सुविधासम्पन्न हुने र सहरका पूर्वाधार पनि समेटिने बताइएको छ । आयोजना निर्देशक कायस्थका अनुसार मध्यपहाडी क्षेत्रमा भौगोलिक विकटताका कारण पनि केही चुनौति रहेको बताएका छन् । साथै उक्त कार्ययोजना सम्पन्न गर्नको लागि धेरै जनताको सहमति चाहिने भएको पनि जानाकारी दिएका छन् । ६ वटा सहरका लागि स्थानीयले सहमति जनाइसकेका छन् भने बैतडीको पाटन, बाग्लुङको बुर्तिबाङ, तेह्रथुमको वसन्तपुर र तनहँको डुम्रे भञ्सारमा सहमति हुन बाँकी छ ।

उक्त आयोजना निर्माणको लागि १ शहर निर्माणका लागि १३ अर्ब लागत चाहिने अनुमान पनि यस अघि नै भइसकेको छ । मध्यपहाडी लोकमार्गमा निर्माण हुने दश नयाँ शहरका लगि सरकारले २.१५ अर्ब रुपैयाँ पनि छुट्याएको छ । यसरी सहर बनेपछि रोजगारी र अवसरका लागि काठमाडौं लगायतका ठूला सहरमा बसाइँसराइको दर घट्ने अनुमान छ ।

कुन कुन ठाउँमा बन्दै छन् स्मार्ट सिटी ?

सरकारले १३ स्थानका सहरमा स्मार्टसिटी निर्माण गर्ने योजना अघि सारेको छ । १३ मध्ये पहिला लुम्बिनी, पालुङटार र निजगढमा स्मार्ट सिटीको काम अगाडि बढेको निर्देशक कायस्थले बताए । स्मार्ट सिटी निर्माणका लागि अबको केही समयभित्र नै परामर्शदाताहरुसँग छलफल गरी विस्तृत योजना प्रतिवेदन तयार गर्ने सरकारको तयारी छ । पर्यटकीय, व्यापारिक र कृषि उत्पादनका लागि प्रख्यात यी सहरहरुलाई थप व्यवस्थित बनाउन स्मार्ट सिटीको परिकल्पना गरिएको कायस्थले बताए । स्मार्ट सिटी बनेपछि त्यहाँका बासिन्दा तथा पर्यटकहरुलाई घुम्न, विभिन्न सामग्री किन्न सजिलो हुने उनको भनाइ छ ।

कायस्थका अनुसार अबको ३ महिनाभित्रमा ३ स्थानका स्मार्टसिटीको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भइसक्ने छ । यी ३ बाहेक धनकुटा, मिर्चैया, चन्द्रपुर, काभ्रे भ्याली, भरतपुर, वालिङ, तुल्सीपुर, दुल्लु, अमरगढी र टीकापुर नगरपालिकालाई स्मार्ट सिटी बनाउन आवश्यक प्रक्रिया अघि बढाइनेछ । “दुल्लु, वालिङ र अमरगढीका लागि परामर्शदाताको ‘सर्ट लिस्ट’ तयार भइसकेको छ,” कायस्थले बताए । नेपालमा स्मार्ट सिटी निर्माणको पहिलो अनुभव भएका कारण विज्ञहरु नियुक्तिको प्रक्रिया अपनाउँदा केही समय लम्बिएको कायस्थले बताए ।

कहाँ–कहाँ नयाँ सहर ?

झापाको गौरीगञ्ज, मोरङको रङ्गेली, महोत्तरीको मनहरा, सर्लाहीको ब्रम्हपुरी, बाराको महागढी माई, रौतहटको मौलिकपुर, नवलपरासीको बर्दघाट, बर्दियाको राजापुर, कैलालीको भजनी र कञ्चनपुरको बेलौरीमा सरकारले नयाँ सहर निर्माण गर्न लागेको हो । “पछिल्लो समय हामीले सुर्खेत भ्याली र प्युठानको भिङ्ग्रीलाई पनि नयाँ सहर बनाउने योजना ल्याएका छौं,” आयोजना निर्देशक कायस्थले भने तराई–मधेस क्षेत्रमा सप्तरीको शम्भुनाथ, महोत्तरीको वलवा, सर्लाहीको ईश्वरपुर, रौतहटको कटरिया र दाङको गढवामा नयाँ सहर बन्ने भएका हुन् । तराई–मधेस र हुलाकी मार्ग क्षेत्रमा सहर निर्माणका लागि त्यस क्षेत्रमा लिङ्क रोड निर्माणको काम चाँडै अगाडि बढ्ने आयोजना निर्देशक कायस्थले बताए । “परामर्शदाता छनोट गर्न २ महिना लाग्छ,” उनले भने, “यसपछि ६ महिनामा डिपिआर तयार हुन्छ ।”

पूर्वाधार निर्माणको काम तीव्र गतिमा हुँदै

निर्माणाधीन मध्यपहाडी लोकमार्गको आसपासमा निर्माण गरिने १० नयाँ सहरको पूर्वाधार निर्माण कार्य धमाधम भइरहेको छ । मध्यपहाडी लोकमार्ग आसपासका बस्तीहरुलाई समेटर वि।सं। २०९० सम्ममा सुविधा सम्पन्न सहरको विकास गर्ने सरकारको लक्ष्य छ । “नयाँ सहरका लागि आवश्यक पूर्वाधार निर्माण धमाधम भइरहेको छ,” कायस्थले बताए । मध्य पहाडी लोकमार्गमा पर्ने पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको वैरनी गल्छी, तनहँुको डुम्रे भञ्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साफेबगर र बैतडीको पाटनमा आधुनिक नयाँ सहर निर्माण गर्न लागेको हो । २०७१ बाट निर्माण कार्य सुरु भएको मध्यपहाडी लोकमार्ग आसपासमा सहर विकासको घोषणा सरकारले २०६७—२०६८ को नीति तथा कार्यक्रममा गरेको थियो ।

The post नेपालमा १३ स्मार्ट सिटी र २७ नयाँ शहर बन्दै, कहाँ कहाँ बन्दैछन् ? !! हेर्नुहोस् कतै तपाईको गाउँ,शहर परे की ??केही नमुना हेर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CEm63F
via IFTTT

0 comments:

Post a Comment

add

 
Top