Photo of Milford Sound in New Zealand

चीनको तियान्जिन सहरमा एउटा डरलाग्दो घटना सार्वजनिक भएको छ । स्थानीय पुलिसका अनुसार त्यहाँ चिहानबाट महिलाका लासहरु हराउने क्रम बढिरहेको छ । खासगरी विवाहित महिलाका लाशहरु चिहानबाट एकाएक गायब हुने गरेका छन् ।

यसरी विवाहित महिलाका शवहरु चिहानबाटै चोरी हुने घटनाका पछाडि एउटा अन्धविश्वासको हात रहेको छ । विवाह नगरीकन कुनै युवकको मृत्युु हुनुलाई उक्त समाजमा निकै ठूलो अपशकुन मानिन्छ ।

त्यसैले विवाहित महिलाको लाससँग मृतकको लासको विवाह गराइदिने र त्यसपछि विधि विधान पूर्वक दुइवटा लास सँगसँगै गाडिदिने चलन छ । त्यसअघि दुबै लासलाई धातुको तारले एक आपसमा जोडिन्छ र नयाँ नयाँ कपडा पहिराइन्छ ।

चोरी गरेको उक्त शवलाई मृतक पुरुषको नजिकै चिहान बनाएर गाडिन्छ । यसो गर्दा उक्त युवकले अर्को जन्ममा अविवाहित अवस्थामै मर्नु नपर्ने विश्वास रहेको छ ।

त्यसैले आफ्नो परिवारको अविवाहित मृत पुरुषका लागि मोटो मूल्य चुकाएर भएपनि विवाहित महिलाको शव प्राप्त गर्न पछि हट्दैनन् परिवारजन । यो वर्ष अहिलेसम्म त्यहाँ ३६ वटा महिलाका लास चिहान खोतलेर चोरी गरिएका उजुरी परेका छन् । चिहानबाट निकालिने विवाहित महिलाका लासहरु हजारौँ रुपैयाँमा बिक्रि हुने गरेका छन् ।

चीनमा परापूर्वकालदेखि यो परम्परा चलिआएको छ । सरकारले सन् १९४९ देखि नै यसमा प्रतिबन्ध लगाएपनि अझै अवैध रुपमा यो प्रथा चलिरहेको छ र परम्परा निभाउनका लागि महिलाका लासको चोरी तथा खरीद बिक्रि हुने गरेको छ ।

The post रातारात चिहानघाट बाटै महिलाहरूको लास हरायो, अन्ततः चिहानमै खोतलेर हेर्दा सबै चकित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2idzK4G
via IFTTT

0 comments:

Post a Comment

add

 
Top