Photo of Milford Sound in New Zealand

काठमाडौं – नेपालका ४ धाममध्ये २ धाम मुक्तिक्षेत्र र रुरुक्षेत्र हुँदै बग्ने कालीगण्डकी संसारमै सबैभन्दा गहिरो गल्छी बनाउने नदीमा पिन पर्छ। यही नदीबाट नेपालको हालसम्मको सबैभन्दा ठूलो जलविद्युत उत्पादन केन्द्र कालिगण्डकी ए सञ्चालित छ।

यो नदीले ठूलो मात्रामा कालो रंगको माटो बगाएर ल्याउने भएकाले यसलाई काली गण्डकी नामाकरण गरिएको मान्यता छ । कालीगण्डकीको नदी तिब्बतमा उत्पत्ति भएर मुस्ताङ जिल्ला हुँदै नेपाल छिर्छ । मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने काग खोला र मुस्ताङबाट बग्दै आउने मुस्ताङ खोला कागबेनीमा मिसिन्छन् र त्यसपछि उक्त नदीलाई काली गण्डकी भनिन्छ।

 

 

जोमसोम र टुकुचे हुँदै बगेपछि काली गण्डकी संसारकै सबैभन्दा गहीरो गल्छी कालीगण्डकी खोंच भएर बग्छ। हिन्दू धर्मका विष्णु भगवानको साक्षात् रूप मानिने अति दुर्लभ शालिग्राम पाइने एकमात्र स्थानका रूपमा रहेको तथा मुक्तिनाथ र देवघाटजस्ता पवित्र धार्मिक तीर्थस्थललाई जोड्ने कालीगण्डकी नदीको धार्मिक र सांस्कृतिकमात्र नभई पर्यटकीय महत्वसमेत रहेको छ।

 

 

 

कालीगण्डकी गलेश्वरमा पुगेपछि यसमा राहुघाट खोला, बेनीमा म्याग्दी खोला, कुश्मा नजीकै मोदी खोला, रूद्रबेनीमा बडी गाड, आँधिखोला आदि मिसिन्छन्।

 

 

त्यसपछि काली गण्डकी पूर्वतर्फ मोडिन्छ जुन देवघाटमा गएर सेतीगण्डकी तथा त्रिशुली नदीसँग मिसिएर दक्षिण तर्फ बहन थाल्दछ। देवघाटबाट पहाडी भूभाग छिचोलेर बहन थालेपछि यसलाई नारायणी वा सप्त गण्डकी भनिन्छ।

 

 

 

तस्बिरमा देखिएको दृश्य पाल्पाको रानीमहल छोएर बगेको काली गण्डकी हो। तानसेन नगरपालिकाको बौघागुम्हामा पर्ने रानीमहल जति प्रशिद्ध छ यहाँबाट देखिने नागबेली काली पनि उत्तिकै चित्ताकर्षक छ। तस्बिरमा अर्को दृश्य हो पाल्पाकै खालीवनबाट देखिएको रामपुर छेउ भएर बगेको काली गण्डकी।

 

 

globalpatrika बाट

The post पाल्पाबाट देखिने नागबेली काली गण्डकीको मनमोहक दृश्यहरु appeared first on Taja nepali news.

http://ift.tt/2l1dxYP

from SHYANE http://ift.tt/2zlIdJh
via IFTTT
23 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top