Photo of Milford Sound in New Zealand

मुल्य सुन्दै जिब्रो टोक्नु पर्ने टि–सर्ट लगाउँछिन् शाहरुखकी छोरी

बलिउड सुपरस्टार शाहरुख खानको छोरी सुहाना यतिबेला चर्चामा छिन् । १७ वर्षकी सुहाना आफ्नो ग्लामर शैलीका कारण प्रायः चर्चामा आइरहन्छिन् । उनको ब्रान्डेड र महंगो लुगाको पनि चर्चा हुने गरेको छ ।

मुम्बईमा धीरुभाई अम्बानीको स्कुलबाट १० कक्षाको पढाई सकेर लन्डनमा पढ्दै गरेकी सुहाना ग्य्राजुएसन सकेर बुवा जस्तै फिल्ममा प्रवेश गर्न चाहन्छिन् । विहिबार शाहरुखको ५२ औं जन्मदिनको दिन उनी नयाँ पोसाकमा देखा परिन् । जुन पोसाकको अहिले चर्चा भइरहेको छ । उनी गिभेन्ची ब्रान्डको टि–सर्टमा देखा परेकी थिइन् ।

हेर्दा निकै सस्तो देखिने यो टि–सर्टको दाम सुनेर जो कसैलाई अचम्म लाग्न सक्छ । सुहानाले लगाएको टि–सर्टको दाम १०–२० हजार नभएर पुरै ५० हजार २ सय १९ रुपैयाँको थियो । उनी यसअघि पनि आमिर खानको फिल्म ‘सीक्रेट सुपरस्टार’ हेर्न ६४ हजार रुपैयाँ पर्ने गिउसेप जानोटी ब्रान्डको जुत्ता पहिरिएर हल गएकी थिइन् ।

शाहरुखकी छोरी सुहानाको सोन्दर्य देख्दा बलिउडका नायिकाहरु चकित

काठमाडौँ – सुपरस्टार शाहरुख खान र उनी छोरी सुहाना खान आइतबार एक पार्टीमा देखिए । शाहरुख पत्नी गौरी खानले डिजाइन गरेको रेस्त्रा अर्थको लन्चिङमा बाबुसँगै पुगेकी उनी सुन्दर र निकै हट देखिइन् । उक्त समारोहमा उपस्थित बलिउड स्टार सुहानाको सुन्दरता देखेर आश्चार्यमा परेका छन् । समारोहमा अनिल कुपुर, सोनम कपुर, आलिया भट्ट, करन जोहर, मलाइका, अर्जुन कपुर, ज्याकलीन फार्नान्डीज, कृति सेनन, फराह खान लगायतका स्टार समेत पुगेका थिए । एजेन्सी

The post मुल्य सुन्दै जिब्रो टोक्नु पर्ने टि–सर्ट लगाउँछिन् शाहरुखकी छोरी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2C6xUuu
via IFTTT

0 comments:

Post a Comment

add

 
Top