Photo of Milford Sound in New Zealand

प्रत्येक महिना ३१ करोड ३० लाख मानिसले ट्वीटरमार्फत् अनेक विचार व्यक्त गर्दै आएका छन् । ह्वाइट– हाउस प्रवेश गरेका राष्ट्रपति डोनाल्ड जे ट्रम्प ट्वीटरमा निकै एक्टिभ छन् । उनी कतिपय महत्त्वपूर्ण घोषणा ट्वीटरमार्फत नै गरिदिन्छन् । त्यसले संसारभर सनसनी मच्चाइदिने गरेको छ । ट्वीटरमा ट्रम्पका २ करोड ५४ लाख फलोअर्स छन् । उनको ट्वीटमा लाखौंले लाइक, रिप्लाई र रि–ट्वीट गर्छन् ।

ट्रम्प आफैंले भने ४३ जना मात्रै फलो गरेका छन् ।खासमा कसलाई पछयाउँछन् उनी ? उनले रुचाएका मान्छे को हुन् ? ट्रम्प आफ्नै नामका कम्पनी, संघसंस्था एवं अमेरिकी राजनीतिज्ञ र सञ्चारकर्मीलाई फलो गर्दा रहेछन् । दक्षिण अफ्रिकी गल्फर गेरी प्लेयर र रेस्लिङ खेलका प्रवर्दक भिन्स म्याकमाहोन पनि ट्रम्पले फलो गरेका व्यक्ति हुन् । त्यस्तै, नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङलाई फलो गरेका छन् उनले ।प्रवल गुरुङ फेशन डिजाईनको दुनियामा बिश्वमै चर्चित छन् ।

उनले अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प परिवारले लगाउने पोषकहरु पनि डिजाइन गरिसकेका छन् । त्यस्तै बेलायती राजकुमारीको लागि पनि डिजाईन गरिसकेका छन् । त्यस्तै, डिजाइनर गुरुङले बलिउडकी नायिका दीपिका पादुकोण, कंगना रानौट, रणबीर कपुर, करण जोहर लगाएत चर्चित सेलिब्रेटीहरुको पहिरनको डिजाईन गरिसकेका छन् ।
– न्युज२४नेपाल बाट ।

The post अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछ्याउने ४३ जना मध्य नेपालका यि ब्यक्ती पनि परे आखिर को हुन त उनि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Cp1zQr
via IFTTT

0 comments:

Post a Comment

add

 
Top