Photo of Milford Sound in New Zealand

सन्तपुर बस्ती निर्माणमा लागेका सिताराम कट्टेल र कुञ्जना घिमिरेले त्यहाँबाट दुःख व्यक्त गरेका छन् । सितारामले आफ्नो फेसबुकमा पोस्ट गरेको यो स्टाटस पढ्नुस् :

संसार भरीका लाखौं सहयोगी हातहरुको सहकार्यमा अहिले हामी रौतहटको सन्तपुरमा बाढी पीडितका लागि ‘एकीकृत नमुना सन्तपुर वस्ती’ निर्माण गरिरहेको सर्वविदितै छ । सयौं स्वयम सेवीहरुको साथमा हामी दुवै पति पत्नी रात दिन यहाँ खटिरहेका छौं । तरपनि धुर्मुस–सुन्तली फाउण्डेसनको विशुद्ध सामाजिक र गैर राजनैतिक पहिचानलाई विभिन्न क्षेत्रबाट धमिलो बनाउने कार्यले बेला बेलामा हामीलाई दुःखीत बनाउने गरेको छ । यसै प्रसंगमा केही अनलाईनहरुले आसन्न निर्वाचन र हामीलाई जोडेर जनतालाई अन्योल र हामीलाई विवादित बनाउने गरी भ्रामक समाचार सम्प्रेषण गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हामीहरुले कुनै राजनैतिक दल, समुह वा व्यक्तिलाई भोट हाल्न कहिं, कतै, कहिल्यै र कसैलाई पनि आह्वान गरेका छैनौं । ‘धुर्मुस–सुन्तलीले फलाना पार्टीलाई भोट माग्न आह्वान गरे’ भन्ने आसयको उक्त कपोलकल्पित समाचारप्रति हामी खेद प्रकट गर्दछौं । स्वतन्त्र नागरिक भएर विशुद्ध रूपमा सामाजिक काममा अघि बढिरहेको बेला यस प्रकारका समाचारले हामी लाई निकै दुःखी बनाएको छ ।

तसर्थ, यस्ता कपोलकल्पित, भ्रामक र नियोजित समाचारप्रति आपत्ती जनाउँदै माघ २४ गते हाम्रो वस्ती निर्माण पुरा गर्ने अठोटलाई सफल पार्न सधैं झैं तपाईंको साथ र सहयोगको अपेक्षा गर्दैछौं धन्यवाद ।’

धुर्मुस सुन्तलि

The post धुर्मुस-सुन्तलीलाई फेरी कसले बनायो दुःखी… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ihLCCJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top