Photo of Milford Sound in New Zealand

मोहन गुरुङ
स्याङजा –स्याङजा क्षेत्र नम्बर दुईका वाम गठबन्धनका उम्मेदवार पदमा अर्यालको लागि न्याय माग्न गएका वामगठबन्धका युवाहरूलाई प्रहरीले लठ्ठी प्रहार गरेको छ । प्रहरीको लठ्ठी प्रहारबाट नेकपा एमालेका युवा नेता कृष्ण खाँड घाइते भएका छन्। अर्याललाई हिजो चापाकोट नगरपालिका–४ राममन्दिरमा मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले आाक्रमण गरी कुटपिट गरेको थियो । सो विषयमा छानबिनका लागि वाम गठबन्धनका नेताहरू जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न गएका थिए।

छलफलबाट फर्कने क्रममा गठबन्धनका कार्यकर्ताहरूलाई प्रशासनको निर्देशनमा प्रहरीले लठ्ठी प्रहार गरेको नेता लक्ष्मीपति पौडेलले जानकारी दिए । ‘शान्तिपूर्ण रुपमा हामीले माग राखेका थियौं’ उनले भने, ‘प्रशासनले गोपालमान श्रेष्ठको निर्देशनमा कुटपिट गरेको हो। निर्वाचन हार्ने निश्चित भएपछि गोपालमानले प्रशासन र पुलिसलाई हातमा लिई घटना घटाएको गठबन्धनको अरोप छ। गोपालमान र अर्याल स्याङजा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिस्पर्धा गरेका थिए।

The post स्याङजा क्षेत्र नम्बर वाम गठबन्धनका उम्मेदवार पदमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BPVs6u
via IFTTT

0 comments:

Post a Comment

add

 
Top