Photo of Milford Sound in New Zealand

काठमाडौं, १५ मंसिर । एक समयकी चर्चित नायिका निरुता सिंह करिब एक दशकदेखि नेपाली चलचित्र क्षेत्रबाट टाढा छिन् । उनले चलचित्र अभिनय मात्र होइन, नेपाल नै छाडेर भारतको मुम्बईमा इन्टेरियर हाउस सञ्चालन गरेर बसेकी छन् ।

उनै निरुता अहिले नेपाली चलचित्रसम्बन्धी एउटा अवार्ड कार्यक्रममा भाग लिन दुबई पुगेकी छन् । लामो समय चलचित्र अभिनयमा नदेखिएकी निरुतामा सुन्दरता अझै उस्तै देखिन्छ । सञ्चारकर्मी नरेश भट्टराई र निरुतासँग खिचेको तस्बिर हास्य कलाकार जितु नेपालले फेसबुकमा सार्वजनिक गरेका छन् ।

‘नरेशजीले भन्नुभयो, निरूताजी अझै पनि कति राम्री, मैले भनें, नरेशजी, निरूताजी कहिले नराम्री हुनुहुन्थ्यो र ! राम्रा मान्छे सधैं राम्रै हुन्छन् । लामो समयपछिको भेटघाट एक जमानाकी चर्चित नायीका निरूता सिंहज्यूसँग आबुदाबीमा । दर्पणछायाँ, लहना, दुई किनारलगायत धेरै चलचित्रमा संगै अभीनय गरीयको सम्बन्धलाई यो भेटले रिन्यु गर्ने काम गरेको छ,’ कलाकार जितुले लेखेका छन् ।

यस्तै, निरुता सिंहसँग बसेको तस्बिर गायक प्रकाश पौडेलले पनि फेसबुकमा पोस्ट गरेका छन् । गायक पौडेल विगत एक दशकदेखि युएईमा बस्दै आएका छन् ।

The post लामो समयपछि अबुधावीमा यस्ती देखिइन् नायिका निरुता सिंह (तस्बिरसहित) appeared first on Taja nepali news.

http://ift.tt/2kfCpPv

from SHYANE http://ift.tt/2zGFds7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top