Photo of Milford Sound in New Zealand

काठमाडौं, २६ मंसिर । टिकापुर हत्याकाण्डका ‘फरार अभियुक्त’ रेशम चौधरी करिब २१ हजार मतान्तरले चुनाव जित्दै सिंहदरबारको यात्रा तय गरेका छन् ।

कैलाली–१ बाट प्रतिनिधीसभा सदस्यमा निवाचित चौधरीले बाम गठबन्धनका उम्मेद्वार गरिमा शाहलाई पराजित गरेका हुन् । चुनाव जितेका चौधरीलाई भने अहिले सरकारले खोज्न सुरु गरेको छ ।

सरकारको यो खोजी कार्यले चौधरीको सिंहदरबारको यात्रा भने कठिन हुने देखिएको छ । २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नावालक हत्या अभियोग लागेका चौधरी त्यतिबेला देखि नै नेपाल प्रहरीको फरार अपराधी हुन् ।

उक्त घट्नामा संलग्न अन्य २५ जनालाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाईसकेको छ । उनीहरु हाल जेलमा छन् । प्रहरीले चुनाव जितेपनी रेशमलाई पक्राउ गरेर अदालत बुझाउने बताएको छ । निर्वाचित चौधरी प्रमाणपत्र लिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीमा उपस्थित हुन समेत नसक्ने हुन कि भन्ने बुझिएको छ ।

The post २१ हजार मतान्तरले बाम गठबन्धनलाई हराएर सोलिड जित हासिल गरेका रेशम चौधरीलाई विजय उत्सव राम्रो मनाउन नपाई आयो आपत appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jxQg3M
via IFTTT

0 comments:

Post a Comment

add

 
Top