Photo of Milford Sound in New Zealand

सुनसरी । प्रतिनिधिसभा प्रत्यक्षतर्फको परिणाम आउन बाँकी तीन मध्ये सुनसरी क्षेत्र नम्बर ३ मा दुई पार्टीबीचको प्रतिस्पर्धा निक्कै रोचक बन्दै गएको छ ।

मतगणना अन्तिम चरणमा पुग्दै गर्दा यहाँ नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री विजय कुमार गच्छदार ६३ मतले पछाडि छन् ।

पछिल्लो अपडेट अनुसार नेकपा एमोकी उम्मेदवार भगवती चौधरीले ३२ हजार ५५५ मत पाएकी छन् भने उपप्रधानमन्त्री गच्छदार ३२ हजार ४९३ मतसहित उनलाई पछ्याइरहेका छन् ।

१ लाख ९ हजार ९१७ मतदाता रहेको यस क्षेत्रमा ८३ हजार १३७ मत खसेको थियो । अहिलेसम्म ७२ हजार मत गणना भइसकेको छ भने अझै करिव ११ हजार मत गन्न बाँकी छ ।

प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा ३ क्षेत्रको मत परिणाम आउन बाँकी छ । सुनसरी ३ सहित कैलाली २ र स्याङ्जा २ मा मतगणना जारी छ । अन्य दुई स्थानमा पनि एमालेकै उम्मेदवारको अग्रता छ ।

The post अन्तिम चरणमा पुग्दा झनै रोचक बन्दै सुनसरी-३, चौधरी र गच्छदारको यस्तो छ अहिलेको पछिल्लो मत परिणाम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BXyN8n
via IFTTT

0 comments:

Post a Comment

add

 
Top