काठमाडौं, २७ मंसिर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आयुक्त एआईजी जयबहादुर चन्दले नवनिर्वाचित सांसद नवराज सिलवाललाई टेलिफोन गरेर बधाई दिएका छन् ।
चन्दले मंगलबार विहान टेलिफोनमार्फत सिलवाललाई जय नेपाल भन्दै बधाई दिएको चन्दनिकट स्रोतले बतायो । उनले विगतमा परिस्थितीले जे जस्तो भएपनि आगामी दिनमा सहकार्य गरेर अघि बढ्न तयार रहेको समेत स्पष्ट पारेका थिए ।
जवाफमा सिलवालले आफू कसैप्रति पूर्वाग्रही नबन्ने र आफ्नो लागि पद ठूलो कुरा नरहेको भन्दै आईजीपीमा रोकेर सांसद बन्ने अवसर जुराइदिएकोमा चन्दलाई धन्यवाद दिएको स्रोतले जानकारी दियो ।
‘आईजीपी प्रकरणमा त्यति ठूलो वैमनश्यता हुँदा पनि चन्द सापले सिलवाल सापसँग खुलेरै कुरा गर्नुभयो । सिलवाल सापले पनि सकारात्मक जवाफ दिनुभयो । अगाडि सहकार्य गरेर जानुपर्छ भन्ने समझदारी पनि भएको छ,’ चन्दनिकट एक प्रहरी अधिकृतले भने
The post सांसद बनेका सिलवाललाई एआईजी चन्दले जय नेपाल भनेपछि… appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2Ak4HvL
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.