Photo of Milford Sound in New Zealand

नेपाल भित्रै बिहे गरेको ३ महिना नबित्दै श्रीमती लाई छोडेर सासु-ज्वाँइले गरे बिहे

सासु र ज्वाँइबीचको सम्बन्ध पवित्र हुन्छ । अझै आमाले त आफ्नो छोरीको हितविपरितको काम गर्न त के सोच्न सम्म पनि सक्दिनन् ,किनकी हरेक बाबुआमाको सुखी भनेकै छोराछोरीको खुसी हो ।

तर आफ्नै आमाले ज्वाँइसँग विवाह गरेर छोरीको खुसी खोसेको खबर छ ।

विवाह गरेको ३ महिना नवित्दै श्रीमतीलाई अलग राखेर सासुसँग सम्बन्ध राख्ने ज्वाँइ र सासुलाई प्रहरीले पक्राउ गरी सरकारी वकिलमार्फत हाडनाता करणीमा मुद्दा चलाएको छ सुगाभवानीपट्टी ६ का २२ वर्षीय राजकिशोर महतो र भ्रमरपुरा २ की ३२ वर्षीया रेखादेबी महतोलाई हाडनाता सम्बन्धमा विवाह गरेको आरोपमा आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पीडित १५ वर्षीया हीराकुमारी महतोले पतिले आफ्नै आमासँग विवाह गरी अलग बस्दै आएको जनाउँदै हाडनाता करणीमा शनिबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकाले ज्वाइँ र सासु दुबैलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको प्रहरी निरीक्षक एकलाल हवारीले बताए । हीरा र राजकिशोरबीच २०७० माघ ९ गते सामाजिक परम्परा अनुसार विवाह भएको थियो । gorkhalikhabar

The post नेपाल भित्रै बिहे गरेको ३ महिना नबित्दै श्रीमती लाई छोडेर सासु-ज्वाँइले गरे बिहे appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DDfvHb
via IFTTT

0 comments:

Post a Comment

add

 
Top