Photo of Milford Sound in New Zealand

कालिकोट, ८ पुस – सरकारले कालिकोटमा प्रहरीको गोली लागेर म्यादी प्रहारीको मृत्यु भएको घटना छानबिनका लागि टोली गठन गरेको छ ।

प्रहरीसँगको झडपमा शुक्रबार म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएपछि गृहमन्त्रालयले शनिबार छानबिन समिति गठन गरेको हो ।

गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विक संयोजकत्वमा गठित छानबिन समितिमा नेपाल प्रहरीका डिआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआईजी प्रवीण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ सदस्य छन् ।

समितिलाई एक साताभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको गृह मन्त्रालयका निमित्त सचिव केदार न्यौपानेले जानकारी दिए । यसैबीच सरकारले घटनामा मृत्यु भएका म्यादी प्रहरीका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

यस्तै झडपमा घाइते भएकाहरुको निःशुल्क उपचार गरिएको भएको छ । तलब नपाएको भन्दै प्रदर्शनमा उत्रिएका म्यादी प्रहरीको जुलुसमा प्रहरीले गोली चलाएको थियो ।

The post डिआईजी रमेश खरेलले पाए यस्तो जिम्मेवारी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pnoUQ4
via IFTTT
23 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top