Photo of Milford Sound in New Zealand

अनुभव रेग्मी, बाल कलाकार
२०६४ साल असार १८ गते जन्मिएका अनुभव रेग्मी नेपाली सिनेजगत्को स्थापित नाम हो । चलचित्र ‘भिसा गर्ल’ बाट अभिनय यात्रा प्रारम्भ गरेका अनुभवको क्रेज कुनै स्टारभन्दा कम छैन । उनको अभिनयको प्रशंसा के बालक, के वृद्धा के युवा सबैले गर्छन् । हरेक चलचित्रमा दर्शकलाई भावुक बनाउन खप्पिस अनुभव बाबा–आमाको प्रेरणाले हरेक अभिनय मनबाटै गर्ने बताउँछन् । अनुभव भन्छन्– ‘सुटिङ सेटमा जब रुने सिन आउँछ म आफ्ना बाबा–आमालाई सम्झन्छु, त्यसपछि आफैं आँसु झर्छ ।’ भविष्यमा सफल कलाकारसँगै उच्च शिक्षा हासिल गर्ने लक्ष्य लिएका अनुभव अध्ययनमा पनि अब्बल छन् । नेपाली रजतपटलाई ‘रिदम’, ‘काली’, ‘नाइँ नभन्नु ल’, ‘लुटेरा’ जस्ता सुपरहिट चलचित्र दिएका बालकलाकार अनुभव रेग्मीसँग नाइँ नभन्नु ल–४ को हङकङ प्रदर्शनताका पत्रकार अनोज रोक्काको तीन प्रश्न ।

नाइँ नभन्नु ल–४ बाट कस्तो प्रतिक्रिया पाउनुभयो ?

सबैले उत्कृष्ट अभिनय भन्नुभयो, माया गर्नुभयो, मलाई हौसला मिलेको छ । मैले ‘नाइँ नभन्नु ल’ को चौथो संस्करणमा फरक किसिमको अभिनय गरेको छु । मैले यसमा दर्शकहरूलाई आँसु मात्र देखाको छैन, पेट मिचीमिची हँसाएको पनि छु । यसले दर्शकहरूलाई नौलो स्वाद दिएको छ । मलाई दुखको दृश्य दिन सजिलो लाग्छ, जब दृश्यको छायांकन हुन्छ म आफ्ना बाबा–मामुलाई सम्झन्छु, आँसु आफैं झर्छ ।

पढाइमा कत्तिको मन जान्छ ?

मामुले अध्ययन र अभिनयको तालिका बनाइदिनुभएको छ । म दुवैलाई समानान्तर रूपमा अघि बढाउन चाहन्छु ।

विद्यालयमा साथी, शिक्षकहरूको कस्तो प्रतिक्रिया आउँछ ?

सबैले राम्रो भन्नुहुन्छ । विद्यालयको हरेक अतिरिक्त क्रियाकलापमा मेरो प्रस्तुति हुन्छ, सबैले चाख मानेर हेरिदिनुहुन्छ– खुसी लाग्छ । म भविष्यमा सफल कलाकार बन्न चाहन्छु । अभिनयसँगै आफूलाई शिक्षामा पनि अब्बल बनाउने सोच छ । म आफ्ना बाबा–मामुलाई खुसी र सुखी राख्न चाहन्छु ।

The post बाबा–मामुलाई संझदा आफैं आँसु झर्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pz9pEY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top