Photo of Milford Sound in New Zealand

काठमाडौं । कञ्‍चनपुरमा एक युवतीले आत्महत्या गरेकी छन् । झलारी-१० घर भएकी पूजा धामीले सोमबार घरमा कोही नभएको बेला विष सेवन गरेकी बताइएको छ । उनले बिष सेवन गरेकी आफन्तहरुले थाहा पाएपछि उपचारको लागि धनगढी ल्याइएको थियो ।

तर, त्यस अस्पतालले अवस्था गम्भीर रहेको भन्दै कोहलपुर रिफर गरेका थिए । उपचारको लागि धनगढीबाट कोहलपुरस्थित मेडिकल कलेजमा पुर्‍याइएको थियो तर भर्ना लिन नमानेपछि नेपालगंज लगिएको थियो ।

त्यहाँ पनि चिकित्सकहरुले बचाउन नसकिने भन्दै घर लिन सल्लाह दिएका थिए । शुक्लाफाँटा नगर विकास समितिका अध्यक्ष जीवन धामीका अनुसार कक्षा १२ मा पढ्दै गरेकी पूजा म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । निर्वाचन सम्पन्‍न भएपछि यही पुस ७ गते विदाई पूजा भएर घर फर्किएकी थिइन् ।

महेन्द्रनगरस्थित महाकाली अञ्‍चल अस्पताल पोस्टमार्टम गरिने भएको छ भने आजै पूजाको अन्त्यष्टी गरिने बताइएको छ ।

पूजाले फेसबुकमा हिजो अन्तिममा एउटा स्टाटस लेखिकी थिइन् । १९ वर्षीय पूजाले आफ्ुनो फसबुकमा ‘आकाशमा चम्किने तारा बनिदिन्छु एकदिन, अनि तिमि हेरिमात्र रहँनु’ पूजाले अन्तिम स्टाटस लेखिकी छन् । तर अहिलेसम्मपूजाले आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।

news24nepal

The post म्यादी प्रहरीबाट विदाई भएको दुई दिनमै पूजाले गरिन् अात्महत्या, यस्तो छ उनको अन्तिम स्टाटस appeared first on Taja nepali news.

http://ift.tt/2l0zvf8

from SHYANE http://ift.tt/2DTRCLR
via IFTTT

0 comments:

Post a Comment

add

 
Top