Photo of Milford Sound in New Zealand

मलेखु, धादिङ, १ पुस । धादिङको जोगिमारामा आज बिहान भएको दुर्घटनामा ४१ जना यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाका अनुसार टीकापुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना ४ ख ४४२० न को बस र विपरित दिसातर्फ जाँदै गरेको ना ४ ख १६७४ न को ट्रक एक आपसमा सडकमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमाडाँै ट्रमा सेन्टरमा पठाइएको छ भने बाँकिको राजमार्ग सामुदायिक अस्पताल मलेखु र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ ।

दुर्घटनापछि राजमार्ग केहीबेर अवरुद्ध भएको थियो । अहिले एकातर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

bigulnews बाट
-फाईल फोटो

The post काठमाडौँ आउँदै गरेको बस र ट्रक एक आपसमा ठोकिँदा ठूलो दुर्घटना: ४१ घाइते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2j8Z1xC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top