Photo of Milford Sound in New Zealand

सहमतिमै श्रीमानलाई छाडेर देवरसँग बिहे, छोरीलाई भनिन् ‘अब अंकललाई बाबा भन्नू’

बिहे गरेर छोराछोरी जन्माइसकेपछि ती श्रीमानलाई छोडेर उनकै साख्खै भाइसँग बिहे गर्नु त्यो पनि श्रीमानसहित पूरै परिवारकै सहमतिमा । यस्तो कुरा निकै अपत्यारिलो लाग्छ । तर भारतको बिहार राज्यको भागलपुरमा यस्तै विचित्र घटना भएको छ । यहाँको एक परिवारमा भाउजुको देवरसँग प्रेम भएपछि परिवार विभाजित हुनबाट बचाउन दाजुलै नै देवरभाउजुको विवाह गरिदिएका छन् ।

बिहेपछि दाजुले भाइबुहारीलाई आशीर्वाद दिँदै गाउँ छोडेर गएका छन् । उनले आफ्नी छोरी पनि उनीहरुलाई सुम्पिदिएका छन् ।

बिहेपछि आमाले पनि छोरीलाई अब अंकललाई बाबा भन्नु भनेर सिकाएकी छिन् । फिल्मी शैलीको यो घटनामा ३० वर्षका पवन गोस्वामीकी श्रीमती प्रियंका गोस्वामीको आफ्नै देवर साजन गोस्वामीसँग प्रेम भएको थियो ।

यो सम्बन्ध २ वर्षदेखि चलिरहेको थियो । उनीहरुले भागेर बिहे गर्ने तयारी गरिरहेको कुरा दाजु पवनले थाहा पाएपछि उनीहरुको खुलीको लागि आफैंले दुवैको विवाह गरिदिएका हुन् ।

The post सहमतिमै श्रीमानलाई छाडेर देवरसँग बिहे, छोरीलाई भनिन् ‘अब अंकललाई बाबा भन्नू appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CKCsIc
via IFTTT
16 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top