काठमाण्डु, १ पुस– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको प्रधानमन्त्री प्रस्ताव अस्वीकार गरेका छन् ।
प्रचण्डलाई भारतीय पक्षले काँग्रेस, मधेस केन्द्रित दल र राप्रपाको समर्थनमा प्रधानमन्त्रीको अफर गरेको हो । तर, बाम गठबन्धन भत्काउने नियत भन्दै उनले उक्त प्रस्ताव अस्वीकार गरेको माओवादी केन्द्रका एक वरिष्ठ नेताले काठमाण्डुटुडेलाई जानकारी दिए । ती नेताका अनुसार प्रचण्डले प्रधानमन्त्री को बन्ने भन्ने नेपालको आन्तरिक विषय भएकाले नेपालका दलहरु नै उक्त निर्णय गर्न सक्षम रहेको जवाफ फर्काएका थिए
उनले बाम गठबन्धनले निर्वाचनअघि नै एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेकाले अबको प्रधानमन्त्री ओली नै हुने जवाफ उनको थियो । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न शनिबार बाुलुवाटार पुगेका प्रचण्डलाई पनि देउवाले अबको प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । ‘अबको प्रधानमन्त्री तपाईं बन्नुस् । म तपाईंका लागि बालुवाटार खाली गर्न तयार छु’, देउवाले भनेका थिए ।
जवाफमा प्रचण्डले एमाले अध्यक्ष ओली नै अबको प्रधानमन्त्री भन्दै ताजा जनादेशको सम्मान गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न देउवालाई आग्रह गरेका थिए । देउवाले भने एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए सामाजिक सदभाव कमजोर हुने र राष्ट्रलाई एकताबद्ध गर्न नसकिने तर्क गरेका थिए । प्रचण्ड प्रधानमन्त्री भए सबैलाई मिलाएर जान सक्ने खुबी भएकाले मुलुक अप्ठेरोमा नपर्ने उनको भनाइ थियो ।
देउवा सरकारका मन्त्रीसमेत रहेका देउवानिकट काँग्रेस नेता महेन्द्र यादवले शुक्रबार राजधानीमा भएको एक साक्षात्कारमा अबको प्रधानमन्त्री प्रचण्डलाई बनाउन काँग्रेस तयार रहेको बताइसेकका थिए । kathmandutoday
The post प्रचण्डद्वारा भारतको अफर अस्वीकार, के भनेको रहेछ भारतले ? appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2AEU2vr
via IFTTT
0 comments:
Post a Comment