Photo of Milford Sound in New Zealand

कांग्रेस क्षेत्र नम्बर दुईले सोमबार वालिङको पतञ्जली हलमा राखेको निर्वाचन समीक्षा बैठकमा संस्थापन देउवा पक्ष र पौडेल पक्षका कार्यकर्ताबीच हात हालाहाल भएको छ । शेरबहादुर पक्षका कार्यकर्ताले रामचन्द्र पक्षका कार्यकर्तालाई कुटपिट गर्दा तीन जना घाइते भएको घाइते मध्येका सुशील काफ्लेले जानकारी दिए ।उनका अनुसार घाइते हुनेहरुमा भेषराज अर्याल, कमल ढकाल र सुशील काफ्ले रहेका छन्। कांग्रेसको क्षेत्र भनेर चिनिने स्याङजामा चुनावी

नतिजा राम्रो हुन नसकेपछि एक अर्का नेता कार्यकर्तालाई आरोप प्रत्यारोप लगाउँदै हात हालाहाल भएको उनले बताए। घाइते हुने भेषराज अर्याल र कमल ढकाललाई उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको बताइएको छ।क्षेत्र नम्बर एकमा १० हजार मतले कांग्रेस पराजित भएको थियो भने क्षेत्र नम्बर दुईमा ३७ सय मतले उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले पराजय भोगेका थिए। बैठकमा तान्त्रिक पक्षले संस्थापन पक्षले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहयोग नगरेको आरोपमा यो घटना घटेको घाइते काफ्लेले जानकारी दिए।

The post साझ पख स्याङजा बाट आयो अर्को दुखद खबर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DPkWmE
via IFTTT
25 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top