केही वर्ष अगाडिको घट्ना हो चलचित्रकर्मीहरुले आयोजना गरेको पिकनिकमा द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी र एन वि महर्जनको छेडछाड चलिरहेको थियो ।
कुराकानी कै क्रममा राजेन्द्रले एन वि लाई अलि अर्कै किसिमको शब्द प्रयोग गरेपछि एन वि का एक चेलाले राजेन्द्र खड्गीलाई आफ्नो गुरुको अपमान गर्न पाइदैन भन्दै खड्गीलाई आफूसंग सिंगल सिंगल खेल्न चुनौती दिए । रमाइलो माहोल एकाएक सिनेमाको क्लाइमेक्स जस्तो मोडमा पुग्न गयो । तत्काल माइकमा गएर राजेन्द्र खड्गीले एउटा कुराको उद्घोष गरे कि राजेन्द्र खड्गी पछि कोही यो सिनेमा क्षेत्रमा खतरा फाइट डिरेक्टर आउछ भने यो केटा आउनेछ ।
राजेन्द्रले भने जस्तै नेपाली सिनेमाको द्धन्द निर्देशनमा राजेन्द्र खड्गी पछि उनैको नाम आएको छ । त्यो केटाको नाम अरु कोही नभएर हिमाल केसी हो । उमेरले ठ्याक्कै ४३ वर्ष पुगे भने सिनेमा क्षेत्रमा लागेको झण्डै साढे २ दशक बढी भयो । सयौँ सिनेमामा द्धन्द्ध निर्देशक भएर काम गरिसकेका उनी पिंजडा ब्याक अगेनमा निर्देशनको पाटो सम्हालेर अगाडि आएका छन् ।
यस अघि किल्ला सिनेमा निर्देशन गरेका के सीले पिञ्जडा ब्याक अगेनलाई आफ्नो करिअरको एउटा ठूलै परीक्षाको रुपमा लिएका छन् । माघ ४ गते प्रदर्शनमा आउने सिनेमा पिंजडा ब्याक अगेनमा निखिल उप्रेती , सारा श्रीपाइली लगायतका कलाकारको भूमिका रहेको छ ।globalpatrika
The post राजेन्द्र खड्गीलाई सिंगल भिड्न चुनौती दिने को हुन् ? appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2Da0ifB
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.