Photo of Milford Sound in New Zealand

संघीय प्रदेश सभा तथा प्रतिनिधि सभाको निवाॅचन आज सकिएलगत्तै माउन्टेन टेलिभिजनले माउन्टेन टेलिभिजन एक्सक्लुसिभ भनेर पूवॅ प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शमाॅ ओलीसँग प्रस्तोता राजेन्द्र बानियाँको गरमागरम कुराकानी प्रसारण गरेको छ । हिजोको देशको अवस्था, निवाॅचन, वामगठवन्धन, प्रदेश सभा एवं प्रतिनिधि सभामा कसको सरकार र भोलिको नेपाल लगायत विषयमा भएको कुराकानीमा

ओली भन्छन्- चुनावभरि सयौपटक बम विस्फोट हुँदा पनि सरकारलाई थाहा नहुने, भैसकेपछि पनि यो घटना कसले गरायो भनेर सरकारलाई थाहा नहुने, एक दुई अपवादलाई छाडेर यी घटनाहरु सबै संकास्पद देखिन्छन् । दोषीको बारेमा सरकार पटक्कै बोल्दैन प्रहरी प्रशासन माफॅत फलानो समूहको आशंका भन्ने कुरो पनि सन्चार माध्यम माफॅत थाहा पाउनुपनेॅ ?

चुनाव गराएर देउवाले ऐतिहासिक काम गरे भन्छन् नि भन्ने प्रश्नको जवाफमा ओली भन्छन्-यो सबै हाम्रो बलजफ्तीले भएको हो । किनकि कामै गनेॅ मनसाय भए गृहमन्त्री खै ? गृहमन्त्री नचाहिने तर ६४ जनाको जम्बो मन्त्रीमण्डल किन चाहिने ? काम वामपन्थीहरुले गनेॅ तर जसभने २००७ साल, २०४६ साल, २०६४ साल र २०७४ जहिले पनि नेकाले लगेको देख्दा कम्युनिस्टहरु त कांग्रेसको सहायकजस्तो मात्रै देखियो नि भने सन्दभॅलाई स्वीकार गदैॅ ओली नम्रतापूवॅक भन्छन्- हामीले काम गरेको जस पाउनलाई हैन देश बनाउनलाई हो ।

जस र सत्ता दिँदा त कांग्रेसले संविधान नै निमाॅण हुन नदेला कि भन्ने अवस्था थियो ।कांग्रेसले एमालेलाई यो आरोप लगायो, वामपन्थीलाई त्यो आरोप लगायो नि भनेर प्रस्तोताले प्रश्न गनेॅ तर त्यो प्रश्नको जवाफ अतिथिले दिन नपाउँदै अकोॅ प्रश्न गनॅ थालेपछि भने ओलीले बानियाँलाई उल्टै तपाई काँग्रेसी पक्षधर भएर प्रश्न सोध्न थाल्नु भयो नि भनेर जंगिएपछि बानियाँ ओलीको अघिल्तिर घामले भेटेको पालुंगोको सागझैं भए । त्यसपछि कुराकानी अवधिभरि ओलीसमक्ष बानियाँ नम्र अनि मृदुभाषी प्रस्तोताका रुपमा देखा परे ।

आफूलाई विखण्डनकारी देख्नेहरुलाई नै विखण्डनकारीको संज्ञा दिँदै ओलीले २ नं. प्रदेशको सिमांकनको बारेमा भने त्रुटी भएको स्वीकारगदैॅ आगामी दिनहरुमा ती त्रुटीलाई सच्याउन सकिने बताए । आगामी दिनहरुमा नेकासँग हुने सम्बन्धका बारेमा ओली भन्छन्- कांग्रेस आफ्नो बोली र व्यवहारमा कहिल्यै अडिदैन ।नेकाले हाम्रो गतिविधि र निणॅयलाई गम्भीरतापूवॅक लिन सकेन । किनकि कांग्रेसले हाम्रो सन्दभॅमा जुन अधिनायकवाद, राष्ट्रपतिय शासन , रुन पाइन्न, हाँस्न पाइन्न भन्नेजस्ता उडन्ते गफ गरिरहेको छ नि हामीलाई त्यस्तो उडन्ते गफ गनुॅ छैन ।

अब वामपन्थी मिल्यौ भनेर कांग्रेसलाई तिक्तापूणॅ व्यवहार गनुॅ भएको हो भन्ने प्रश्नमा ओली पनि कड्किएर उल्टै प्रश्न गरे- कहाँ पाउनुभयो त्यस्तो अभिव्यक्ति? उहाँहरुको बकवास कुराको पछि नलाग्नुस् । संविधान कसले ल्यायो ? आन्दोलन कसले गर्यो ? हामीजत्तिको जेलनेल भोगेका मानिसको अघिल्तिर आएर भन्न सक्नु पर्यो नि ? हामीले वहुमत ल्याउँला । तर त्यो दम्भ देखाउनका लागि हैन बरु देशको विकासका लागि हो , देशमा स्थिरता कायम गनॅका लागि हो ।

कांग्रेसले अधिनायकवादी र राष्ट्रपतिय शासन प्रणालीका वारेमा लगाएको आरोपलाई चिदैॅ ओली भन्छन्- नेपालमा नेपाली जनताले चाहे बमोजिमको शासन प्रणाली ल्याइन्छ अरुतिर नजाऔं । ओली नेतृत्वको सरकारको पालामा प्रत्यक्ष अनुभव र अनुभूति हुने काम हुन नसकेको आरोपलाई खण्डनगदैॅ नाकाबन्दीको अन्त्यगदैॅ देशका लागि आफूले गरेको कामको विवरण दिएर ओलीले बानियाँलाई चुप लाग्न बाध्य बनाएको कुराकानीको क्रममा देखिन्थ्यो ।

अब बन्ने सरकार, वामगठबन्धन बिचको सहमति र पाटीॅ एकीकरणको सन्दभॅमा पूणॅ विश्वासका साथ ओली भन्छन्- निश्चित रुपमै हाम्रो वहुमत आउँछ ।प्रदेशको सन्दभॅमा २ नं. प्रदेश बाहेक सबैमा हाम्रो वहुमतको सरकार बन्छ; दुई नम्बरमा मिश्रित अवस्था हुनसक्छ । केन्द्रमा नि हामी मजबुत अवस्थामै हुन्छौं ।

The post बाम गठबन्धनको सरकार बन्ने निश्चित भएपछी ओलीबाट ३ करोड नेपालीलाइ खुशीको खबर(भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jePTeg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top