Photo of Milford Sound in New Zealand

काठमाडौं, २३ मंसिर । कञ्चनपुर क्षेत्र नम्बर १ मा वाम गठबन्धनकी उम्मेदवार विना मगर करिब दोब्बर मतले अग्रता लिइरहेकी छन् ।

पछिल्लो मत परिणामअनुसार प्रचण्डकी बुहारी विनाले ७ हजार ७६६ मत प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दिवानसिंह विष्टले ४ हजार ३८२ मत ल्याएर दोस्रो स्थानमा छन् ।

बिना मगर नेकपा माओवादी केन्द्रकी युवा नेतृ हुनुहुन्छ । २०४० सालको मंसिरमा कञ्चनपुरको पुनर्वास नगरपालिकामा जन्मिएकी मगरले पुनर्वास जनता माविबाट एसएलसी पास गर्नुभएको हो । उहाँले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट मानविकी संकायमा प्रविणता प्रमाणपत्र तह पास गर्नुभएको छ । त्यस्तै सरस्वती क्याम्पसबाट उहाँले स्नातक पास गर्नुभएको छ । २०५१ सालमा बाल जनकलाकार संगठनबाट माओवादी पार्टीमा आवद्ध भएकी बिना मगर माओवादीको सशस्त्र युद्धमा लडाकु हुनुभएको थियो ।

काठमाडौंमा क्याम्पस पढ्दा पढ्दै माओवादीको सशस्त्र युद्धमा लागेकी बिना मगर विभिन्न आक्रमणमा सहभागी पनि हुनुभयो ।

भैरवनाथ गणमा तत्कालीन शाही नेपाली सेनाको चर्को यातना भोगेकी बिना २०७० सालको चुनावमा पनि कञ्चनपुर १ बाटै उम्मेदवार बने पनि पराजित हुनुभएको थियो ।

The post पति शोकमा परेकी बिना मगरको कंचनपुर बाट आयो यस्तो चकित पार्ने मत appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BlNCpk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top