Photo of Milford Sound in New Zealand

नेपाली चलचित्र क्षेत्रमा नव नायिकाहरुको कमी छैन । भर्खरै मात्र प्रबेश गरेका नायिकाहरुको चर्चा यतिबेला अन्य स्थापित नायिकाहरुको तुलनामा कम छैन । तीमध्ये कतिले चलचित्र क्षेत्रमा सुरुवातमा नै सफलताको स्वाद चाखेका छन् भने कति संघर्षकै क्रममा छन् । तर तीनै नायिकाहरुले आफनो पहिलो प्रयासमा नै दर्शकको मन जितेका छन् ।

कतिले अभिनयमाफर्त त कतिले सुन्दरतामार्फत । तीनै नायिकाहरुलाई कतिले बलिउड नायिकाहरुसंग तुलना पनि गर्छन अभिनयको हिसावले होईन रुपको हिसावले । ती नायिकाहरुलाई धेरैले बलिउड नायिकाको उपनाम दिएका छन् । आउनुस जानौ ती नायिकाहरुका बारेमा ः

दिपिका प्रसाई ः एश्वर्य फेम नायिकाले आफनो डेब्यु चलचित्रबाट नै चर्चा कमाईन । फैसन इन्डष्ट्रीमा चिरपरिचित नायिका दिपिकालाई दर्शकले पहिलो चलचित्रबाट नै वच गरेका थिए । उनलाई धेरैले बलिउड सोनम कपुर भनेर टिप्पणी गर्छन ।

उनलाई बलिउडकी सोनम कपुर भनेर यस क्षेत्रमा मात्र होईन स्कुल कलेजदेखि नै सोनम कपुर भनेर जिस्काउने गरेको उनी आफैले पनि स्वीकार गर्छिन् । यतिबेला उनका दर्शकहरु दोस्रो चलचित्रका लागि प्रतिक्षामा रहेका छन् ।

सन्ध्या केसी – ड्रिम्स चलचित्रबाट अभिनयमाफर्त यस क्षेत्रमा प्रबेश गरेकी सन्ध्या केसी यतिबेला आफनो करियर स्थापित गर्ने सुरुमा लागिरहेकीछिन् । रुपले धपक्क बलेकी यी नायिकालाई चलचित्र क्षेत्रमा मिनी एश्वर्याको नामले बोलाउने गर्छन् ।

झट्ट हेर्दा कता कता एश्वर्याको झलक पनि पाउन सकिन्छ । उनको नयाँ चलचित्र ह्यापी न्यु इयर रिलिजको तयारीमा रहेको भने अर्काे चलचित्र कमलेको बिहे पनि रिलिज हनु बाँकी रहेको चलचित्र हो ।

अदिती बुढाथोकी– कृ चलचित्रबाट डेब्यु गर्न लागिरहेकी नायिका अदिती बुढाथोकीलाई पनि बलिउडकी चर्चित नायिकाको उपनाम दिईएको छ । सामाजिक सञ्जालमा निकै सक्रिय अदितीलाई धेरैले सनी लियोनी जस्तो भनेका छन् भने कतिले कैटरिना कैफ जस्तो ।

तर उनी भने आफुलाई कुनै बलिउड नायिका जस्तो छु भन्नेमा भने विश्वास छैन । बलिउडका केही म्युजिक भिडियोहरुमा समेत काम गरेकी उनी बलिउडमा पनि संघर्षको क्रममा नै रहेकीछिन् ।

बर्षा सिवाकोटी ः नेपाली चलचित्र क्षेत्रमा थुप्रै चलचित्रमा काम गरेर पनि खासै सफलता पाउन नसकेकी नायिका बर्षा सिवाकोटीलाई पनि सनि लियोनी जस्तै देखिने नायिका भनेर चर्चा गरिन्छ ।

उनले ग्लामरस तरिकाले गरेको फोटोसुटहरुमा उनी केही हदसम्म सनि लियोनी जस्तो देखिन्छिन भन्ने धेरैको धारणा पाईएको छ । तर उनलाई कसैले आफुलाई सनि लियोनी जस्तो भनेर गरेको टिप्पणी मनपर्ने बताएकी थिईन् । हाल उनी भैरे चलचित्रको सुटिङमा व्यस्त रहेकीछिन् ।

The post यी हुन् बलिउड नायिका जस्तै देखिने नेपाली हस्तीहरु … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2l9kAyD
via IFTTT

0 comments:

Post a Comment

add

 
Top