काठमाडौं । एमालेका चर्चित बिद्यार्थी नेत्रीद्धय रामकुमारी झाँक्री र नबिना लामा सांसद बन्ने लगभग पक्कापक्की भएको छ। दुवै नेत्री एमालेका आशा लाग्दा र प्रभावशाली भएका कारण उनीहरुलाई समानुपातिक तर्फको कोटाबाट सांसद बनाउन लागीएको स्रोतले जनाएको छ ।
प्रत्यक्षमा महिलाको संख्या निकै कम भएपछि संविधानको व्यवस्था अनुसार ३३ प्रतिशत महिला कोटा सुरक्षित गर्न एमालेले समानुपातिकतर्फबाट ३७ जना महिला पठाउनै पर्ने देखिएका बेला एमाले अखिलका वर्तमान अध्यक्ष नविना लामा र पूर्व अध्यक्ष रामकुमारी झाँक्री समानुपातिक तर्फका सांसद बन्ने लगभग पक्का भएको हो ।
यसैबिच एमाले विद्यार्थी संगठनको अध्यक्षमा रहँदाकै बखत सांसद बन्ने पहिलो महिलाका रूपमा नविना लामाले रेकर्ड राख्ने भएकी छन्। यस अगाडि अखिल अध्यक्ष रहेकै बेला रामनाथ ढकाल सांसद भएका थिए।
The post एमालेका चर्चित बिद्यार्थी नेत्रीद्धय रामकुमारी झाँक्री र नबिना लामाको सांसद बन्ने पक्का, यसकारण उनीहरुको भाग्य चम्कियो appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2oK1OCQ
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.