Photo of Milford Sound in New Zealand

किन अस्थायी हुन्छ कलाकारको विवाह ! बिबाह पनि फिल्ममा गरे जस्तै!
अभिनेत्री गौरी मल्लको विवाह लामो समयसम्म टिक्न सकेन । प्रज्वल भण्डारीसँग वैवाहिक जीवन प्रारम्भ गरे पनि अभिनेत्री मल्ल उनीसँग लामो समयसम्म सँगै भइनन् । विवाहपछि उनीहरू अमेरिका पुगे । अमेरिकामै उनीहरूको सम्बन्ध बिग्रिएपछि गौरी स्वदेश फर्किएर पुन: अभिनयमा सक्रिय भइन् ।

अभिनेत्री मल्लले आफ्नो वैवाहिक जीवन सुमधुर बन्न नसकेकोमा पश्चाताप नभएको बताएकी छिन् । दोस्रो विवाहका बारेमा नसोच्ने निर्णय गरिसकेकी अभिनेत्री मल्ल वैवाहिक सम्बन्ध अस्थायी हुनुलाई समयको खेलका रूपमा चित्रण गर्छिन् ।

अभिनेत्री मनीषा कोइरालाले मुम्बईको व्यस्त कार्यतालिकाका बीच नेपाल आएर विवाह गरिन् । व्यवसायी सम्राट दाहालसँगको वैवाहिक जीवनलाई मनीषाले लामो समयसम्म टिकाउन सकिनन् । मनीषाले श्रीमान्सँग सम्बन्ध विच्छेद गर्ने क्रममा स्वतन्त्रतापूर्वक काम गर्न नपाएको गुनासो गरेकी थिइन् ।

अभिनेता भुवन केसी तथा अभिनेत्री सुस्मिता बमजनबीचको वैवाहिक जीवन सुमधुर हुँदाहुँदै पनि उक्त जोडी लामो समयसम्म सँगै रहन सकेन । अनमोल केसीका रूपमा नेपाली चलचित्रका सुपरस्टारलाई जन्मदिने यो जोडीलाई कतिपयले आदर्शसमेत मानेका थिए, यद्यपि उनीहरूले अलग हुने बाटो रोजे । आज पनि भुवन र सुस्मिता दुवै एकल जीवन बिताइरहेका छन् ।

अभिनेत्री रेखा थापा तथा निर्माता छवि ओझाले वैवाहिक जीवनको एक दशकपछि सम्बन्धमा नरहने निर्णय गरे । उनीहरूको पारपाचुकेको खबरलाई नेपाली सञ्चारमाध्यमले प्राथमिकताका साथ सार्वजनिक गरेका थिए । ओझासँग अलग भएपछि रेखा आजसम्म पनि एकल जीवन बिताइरहेकी छिन् भने ओझाले अभिनेत्री शिल्पा पोखरेलका रूपमा नयाँ जीवनसाथी फेला पारिसकेका छन् ।

गायिका अन्जु पन्तले गायक मनोजराज सेवासँग अलग हुनुलाई जीवनकै सबैभन्दा सुखद क्षणका रूपमा चित्रण गरेकी छिन् । अन्तर्जातीय विवाह गरेको यो जोडीले सांगीतिक क्षेत्रमा राम्रो चर्चा पनि पाएको थियो । यद्यपि उनीहरू लामो समयसम्म सँगै बस्न सकेनन् । एउटी छोरी जन्मिएपछि यो जोडी सधैंका लागि अलग भयो । अञ्जुका पूर्व श्रीमान् मनोज आफ्नो वैवाहिक जीवन टुंगिनुको कारक अञ्जुलाई नै मान्छन् भने अञ्जुले श्रीमान्को शंकालु व्यवहारका कारण सँगै बस्न गाह्रो भएको बताएकी थिइन् ।

अभिनेत्री प्रियंका कार्की चलचित्र क्षेत्रमा आउनुअघि नै वैवाहिक जीवनमा प्रवेश गरिसकेकी थिइन् । रोचक मैनालीसँगको प्रियंकाको प्रेम विवाह लामो समयसम्म टिक्न सकेन । अमेरिकामा बसोबास गर्ने यो दम्पती सँगै बस्न नसक्ने अवस्थामा पुगेपछि प्रियंका नेपाल फर्किएर चलचित्रमा सक्रिय भइन् । विवाहपछि गृहणीका रूपमा रहनुपर्छ भन्ने रोचकको मन्यताप्रति असहमत हुँदै प्रियंकाले नै उनीसँग बस्न अस्वीकार गरेका समाचार विगतमा सार्वजनिक भैसकेका छन् । चलचित्रमा अत्यन्त व्यस्त प्रियंकाले दोस्रो विवाहका बारेमा सोच्नसमेत नभ्याएको बताइरहेकी छिन् । अहिले उनी मोडल तथा अभिनेता आयुष्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा छिन् ।

अभिनेत्री छुल्ठिम डोल्मा गुरुङ तथा गायक धीरज राईले कुनै बेला प्रेम विवाह गरेका थिए । यद्यपि उनीहरूको वैवाहिक जीवन लामो समयसम्म अघि बढ्न सकेन । दुवैले बाटो अलग गर्ने निर्णय गरेलगत्तै धीरजले दोस्रो घरजम गरिसकेका छन् भने छुल्ठिम चलचित्र अभिनय एवं निर्माणमा सक्रिय छिन् ।

अभिनेत्री पूजा चन्द तथा चलचित्रकर्मी सुरज चन्दबीचको वैवाहिक सम्बन्ध पनि लामो समयसम्म टिक्न सकेन । सम्बन्ध–विच्छेदपछि पूजाले संगीतकर्मी राजु लामासँग अमेरिकामै घरजम बसाएकी छिन् ।

किन हुन्छ सम्बन्ध–विच्छेद ?

सामान्यत: नेपाली समाजमा श्रीमान्–श्रीमतीको सम्बन्ध–विच्छेद हुनुलाई अझै पनि आश्चर्यका रूपमा लिइन्छ । यद्यपि वैदेशिक रोजगारीको क्रेज बढेसँगै नेपाली समाजमा श्रीमान्–श्रीमतीले सम्बन्ध–विच्छेद गर्नु सामान्यझैं भैसकेको छ ।

एक जना पुराना चलचित्र निर्देशकका अनुसार नेपाली महिलाको शिक्षा एवं आर्थिक स्तर उक्सिँदै गएपछि उनीहरूको वैवाहिक जीवन समस्यामा परेको देखिन्छ । शैक्षिक तथा आर्थिक हैसियत बनाएका महिलाहरू श्रीमान्ले जे–जे भन्यो त्यही–त्यही मात्र गरेर बसिरहन नमान्ने तथा स्वतन्त्रता खोज्ने भएकाले सेलिब्रेटी दम्पतीको जोडी लामो समय टिक्न सक्दैन । श्रीमान्–श्रीमतीबीच द्वन्द्व बढ्दै जाँदा श्रीमतीहरू श्रीमान्लाई छोड्न समेत नडराउने भएका कारण मनोरञ्जन क्षेत्रमा सम्बन्ध–विच्छेदका घटना बढिरहेको ती निर्देशकको तर्क छ ।

गायिका तथा अभिनेत्रीको वैवाहिक सम्बन्ध लामो समयसम्म टिक्न गाह्रो हुने विभिन्न कारण छन् । नेपालमा मात्र होइन, बलिउड तथा हलिउडमा समेत अभिनेत्री तथा गायिकाहरूको नाम सहकर्मी अभिनेता तथा गायकहरूसँग जोडिएर आउँछ । त्यस्ता गसिपकै कारण उनीहरूको वैवाहिक सम्बन्धमा द्वन्द्व प्रारम्भ हुन्छ । द्वन्द्व नियन्त्रणबाहिर गएपछि उनीहरू छुट्टिन बाध्य हुन्छन् । यसबाहेक कतिपय अवस्थामा विवाहित गायिका तथा अभिनेत्रीहरूले घरबाहिर नै रात बिताउनुपर्ने अवस्था हुन्छ । यस्तो बेला श्रीमान् तथा उनका परिवारले बाहिर बस्नुपर्ने बाध्यता नबुझिँदा समेत उनीहरूको दाम्पत्य जीवनमा समस्या सिर्जना हुन्छ ।

एक मानवशास्त्रीका अनुसार अत्यधिक फेसनेबल तथा लामो समयसम्म घर बाहिर रहने गायिका तथा अभिनेत्रीहरूको वैवाहिक सम्बन्ध दिगो नहुने ट्ेरन्ड देखिँदै आएको छ । आवश्यकताभन्दा बढि चर्चा पाएपछि श्रीमान् तथा परिवारका कुरा ध्यान नदिने अवस्थाले पनि सेलिब्रेटी जोडीको सम्बन्ध लामो समय टिक्न सकेको पाइँदैन ।

चलचित्र तथा सांगीतिक क्षेत्रमा आबद्ध कतिपय पुरुष कलाकार आफ्नो वैवाहिक जीवनलाई सकेसम्म ढाकछोप गर्न रुचाउने स्वभावका हुन्छन् । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै वैवाहिक सम्बन्धलाई लामो समयसम्म लुकाएर राख्न सम्भव छैन, यद्यपि विगतमा केही कलाकारले आफ्नो वैवाहिक जीवनलाई सार्वजनिक गर्न प्रशस्त समय लगाएका उदाहरण थुपै्र छन् ।

अभिनेता दिलीप रायमाझीले चलचित्रमा आएको लामो समयसम्म पनि आफ्नो वैवाहिक जीवनलाई लुकाउन खोजे । उनले श्रीमती मञ्जु रायमाझीलाई चिनाउन प्रशस्तै समय लगाए । चलचित्रमा स्थापित हुने क्रममा दिलीपलाई अधिकांश दर्शकले अविवाहित मानेका थिए, यद्यपि उनी वैवाहिक जीवनमा बाँधिएपछि नै चलचित्रमा सक्रिय भएका कलाकार हुन् ।

अभिनेता मुकेश ढकाल तथा अभिनेत्री मेलिना मानन्धरले पनि आफ्नो वैवाहिक जीवनलाई लामो समयसम्म लुकाउन खोजे । यद्यपि, उनीहरूले आफ्नो सम्बन्धलाई लुकाउन सकेनन् ।

रेखा थापासँग सम्बन्ध विच्छेद गरेपछि एकल जीवन बिताइरहेका निर्माता छवि ओझा तथा अभिनेत्री शिल्पा पोखरेल केही महिनाअघि देखि दम्पतीकै रूपमा सँगै बस्न थालेको चर्चा छ । यद्यपि उनीहरूले आजका मितिसम्म वैवाहिक जीवन प्रारम्भ गरेको घोषणा भने गरेका छैनन् ।

अभिनेता दयाहाङ राई पनि आफ्नो वैवाहिक जीवनका बारेमा खुलेर कुराकानी गर्न रुचाउँदैनन् । गायिका बेनुका राईका श्रीमान् दयाहाङले पछिल्लो समयमा आएर मात्र आफ्नी श्रीमतीसँगका तस्बिर सामाजिक सञ्जालमा अपलोड गर्न थालेका हुन् ।

अभिनेता निखिल उप्रेती तथा अभिनेत्री सञ्चिता लुइँटेलले पनि विवाह गरेको केही महिनासम्म आफ्नो वैवाहिक जीवनका बारेमा मुख खोलेका थिएनन् । यद्यपि केही महिनापछि उनीहरू सार्वजनिक जीवनमै श्रीमान्–श्रीमतीका रूपमा प्रस्तुत हुन थाले ।

सांगीतिक क्षेत्रका केही गायक–गायिकाले समेत आफ्नो वैवाहिक जीवनलाई हालसम्म लुकाएर राख्ने जमर्को गरिरहेका छन् । यद्यपि उनीहरू विवाहित हुन भन्ने जानकारी अधिकांश दर्शक तथा श्रोतालाई भैसकेको छ ।स्रोत voice अव नेपाल

The post कलाकारको विवाह फिल्ममा विवाह गरे जस्तै, केही समयको लागि मात्र appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kfra75
via IFTTT

0 comments:

Post a Comment

add

 
Top