Photo of Milford Sound in New Zealand

ऋतिक रोशन हाल बम्बैको एक इलाकामा आलीशान महलमा बस्छन् । हरेक किसिमका ऐश–आराम र सुविधायुक्त करोडौंको अपार्टमेन्ट छ उनको । तर, एक समय यस्तो थियो जब घर भाडा तिर्न नसक्दा घरबेटीले उनका पिता राकेश रोशन लगायत सबै परिवारका सदस्यलाई घरबाट निकालिदिएका थिए ।

बीबीसीसँग कुरा गर्दै ऋतिकले भनेका छन्, ‘मलाई राम्रोसँग याद छ, हामी एयरइन्डियाको लोटसे बिल्डिङमा भाडामा बस्थ्यौं । अचानक एकदिन केही व्यक्ति आए । अनि मम्मीले लुगाका गुन्टो बाँध्न शुरु गर्नुभयो । अथार्थमा हामीलाई सो विल्डिङबाट निकालिएको थियो । हामीसँग भाडा तिर्ने पैसा थिएन । त्यो समय म र मेरी वहिनी सानै थियौं । हामी नाना (फिल्मकार जे.ओम प्रकाश)को घरमा बस्न थाल्यौं । तर बुवा भने त्यहाँ जान मान्नु भएन । उहाँ सान्ताक्रुजमा बस्न थाल्नु भयो ।’

ऋतिक रोशन आफ्नो विगत सम्झँदै भन्छन्, ‘डेराबाट निकालिएको ६ महिनापछि बुवाले केही पैसा जम्मा गरेर इलेवेन्थ रोडमा एक फ्ल्याट किन्नुभयो र हामीलाई पनि त्यहीँ लगेर जानुभयो । त्यो घरमा एउटा पनि फर्निचर थिएन । हामी तीन रातसम्म कोठाको भुईंमा च्यादर ओछ्याएर सुत्थ्यौं ।’

The post भाडा तिर्न नसक्दा घरबाट निकालिएका थिए ऋतिक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kfL0iD
via IFTTT

0 comments:

Post a Comment

add

 
Top