Photo of Milford Sound in New Zealand

काठमाडौं, १२ पुस । झन्डै तीन वर्षअघि नेपाल फर्किए पनि पूर्व युवराज पारस शाहले निर्मल निवासमा अझै औपचारिक प्रवेश पाएका छैनन् ।

यद्यपि, पछिल्ला दिनमा उनले पत्नी हिमानीसहित परिवारका सदस्यसँगको सम्बन्धमा भने सुधार गर्दै छन् । आफ्ना उद्दण्ड गतिविधि र अनियन्त्रित खानपिनमा पनि उनले नियन्त्रण गरेका छन् । नयाँ पत्रिका दैनिकको गज्जब साप्ताहिकले समाचार छापेको छ ।

२०७१ चैतमा बैंककबाटछ फर्किएपछि पारस बहिनी शीताष्मा (काका धिरेन्द्रकी छोरी)को घरमा बस्दै आएका छन् ।

पिता पूर्वराजा ज्ञानेन्द्र, आमा कोमल र पत्नी हिमानीसहित परिवारका सदस्यसँगको उनको भेटघाट कमै हुने गरेको थियो ।

तर, पछिल्लो एक वर्ष यता बाबु आमा र श्रीमतीसँगको भेटघाट भने बाक्लो भएको छ ।

पारस १५ असोजमा पत्नी हिमानीको जन्मदिनमा सहभागी भए । परिवारका नजिकका आफन्तबीच मनाइएको उक्त कार्यक्रममा पारस र हिमानी केहीबेर सँगै नाँचेका पनि थिए ।

उनीहरूलाई सँगै नाच्न नातेदारहरूले मिलाइदिएका थिए । दसै तिहार बुबा आमासहित परिवारसाग निर्मल निवासमै रमाइलो गरेर मनाए ।

The post पारसले पत्नी हिामनीसँग आफन्तका बीच जब appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BHfLDx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top