Photo of Milford Sound in New Zealand

एजेन्सी, बलिउडमा पछिल्लो समय स्टार किड लन्च हुने क्रम जारी रहेको छ । यसै क्रममा बलिउडका चर्चित अभिनेता सुनील शेट्टीका सुपुत्र अहान शेट्टीले डेब्यु गर्ने भएका छन् । चर्चित निर्माता तथा निर्देशक साजिद नाडियाडवालाको आगामी फिल्मबाट बलिउडमा डेब्यु गर्ने भएका छन् ।

एक्सन फिल्मबाट डेब्यु गर्न लागेका २१ वर्षीय अहान शेट्टीले अमेरिकी विश्वविद्यालयबाट फिल्म मेकिंग र अभिनयको शिक्षा हासिल गरेका छन् । गीत संगीतका निकै शौकीन अहान भारतको चर्चित म्युजिक ब्यान्डमा गिटार बजाउने गर्दछन् । हाल उनि फिल्मका लागि मार्शल आर्ट्स र एक्शन कला सिक्न लण्डनमा रहेका छन् ।

अभिनेता सुनील शेट्टीकि छोरी अथिया शेट्टी बलिउडमा डेब्यु गरि सकेकी छन् । उनले अभिनय गरेको फिल्म ‘हिरो’ ले बक्स अफिसमा राम्रो आम्दनी गरेको थियो ।

The post चर्चित अभिनेता सुनील शेट्टीका छोरा अहान शेट्टी बलिउडमा डेब्यु गर्दै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zsEgT1
via IFTTT

0 comments:

Post a Comment

add

 
Top