Photo of Milford Sound in New Zealand

घुमेकामध्ये तपाईंलाई मनपरेको सहर ?

मैले अफ्रिकी मुलुकबाहेक लगभग विश्वका सबै देश पुगेको छु । म पुगेका देशका खास सहर पनि घुमेको छु । विश्वका हरेक सहरका आफ्नै विशेषता छन् । देशैपिच्छे सहरको विकास पनि फरक–फरक छ । मलाई यही सहर नै मनप¥यो भनेर भन्न सक्दिनँ, किनभने विश्वका सबै सहर सुन्दर छन् । हरेक देशले आफ्ना सहरलाई सुन्दर र व्यवस्थित बनाएका छन् । अरु देशका सहर आधुनिक किसिमबाट विकास भएका छन् । आधुनिकतालाई हेर्दा हामी अलि पछि छौँ कि जस्तो लाग्छ।

नेपालभित्र मनपर्ने सहर कुन हो ?

मलाई मेचीदेखि महाकालीसम्मका सबै सहर र ठाउँ सुन्दर लाग्छ । नेपालभित्रका जुनसुकै सहर पुगे पनि त्यहाँ नेपालीपन पाइन्छ। एकले अर्काको वास्ता गरेको भेटिन्छ । वास्तवमा नेपाल एउटा अनुपम विशेषताले भरिएको देश हो । यहाँ विश्वमै नपाइने चिज पाइन्छ।

काठमाडौं उपत्यका कस्तो लाग्छ ?

उपत्यका धेरै राम्रो लाग्छ । अहिले जुन किसिमको भद्रगोल र अस्तव्यस्तता छ, त्यो विकास गर्नका लागि हो । संसारका कुनै पनि देश विकास गर्दा यस्ताखाले झन्झट आउँछन् नै । अहिले अस्तव्यस्तता छ भनेर दिक्क मान्नुहुँदैन । सकिन्छ भने विकास निर्माणका काममा सरोकारवाला निकायलाई सहयोग गर्न जरुरी छ । उपत्यकाको कुरा गर्ने हो भने उपत्यका नेपालकै पुरानो र सबै सुविधा भएको सहर हो । अहिले जनसंख्या चापले केही भीडभाड देखिन्छ । यहाँ भएका सेवा–सुविधालाई अन्त पनि सार्ने हो भने यो अवस्था छिटै समाधान हुन्छ।

उपत्यकाको मनपर्ने पक्ष के हो ?

यहाँका मठ–मन्दिर, सेवा–सुविधा, हावापानीलगायत पक्ष राम्रो लाग्छ । विदेश गएका बेला त्यहाँको पानीले कहिल्यै प्यास मेटिन्न । नेपाल फर्केपछि मात्रै प्यास मेटिएको महसुस हुन्छ । उपत्यकाको राम्रो लाग्ने पक्ष ऐतिहासिक सम्पदा पनि हुन् । मठ–मन्दिरले काठमाडौं उपत्यका सजिएको छ । विश्वमा नेपाललाई मन्दिरै मन्दिरको देश भनेर पनि चिन्छन् । यहाँ थुप्रै सम्पदा छन् । यी सम्पदाले उपत्यकाको मौलिकता र महत्त्वलाई कायम राखेको छ । हामीले बरु यो देशको महŒव बुझ्दैनौँ, अरु देशका नागरिकका लागि नेपाल सपनाको ठाउँ हो।

उपत्यकाको मननपर्ने पक्ष के हो ?

यहाँको धुवाँधुलो र प्रदूषण मनपर्दैन । विकास निर्माणका काम हेर्दा उपत्यका छिटै नै व्यवस्थित हुन्छ जस्तो लाग्छ ।

काठमाडौंलाई व्यवस्थित बनाउन के गर्नुपर्ला ?

मापदण्डविपरीत भएका निर्माणका काम रोक्नुपर्छ । सहर कुरूप हुने कुनै पनि योजना र काम सरकारले गर्नुहुन्न । काठमाडौं महानगरपालिकाले पनि नयाँ नीति बनाउने र जथाभावी भवन निर्माणलाई रोक्ने हो भने केही व्यवस्थित हुन्छ । अर्को कुरा, साना सवारी–साधनलाई निस्तेज गरेर ठूला सवारी सञ्चालन गर्ने, सडक चौडा पार्ने, समयमै फोहोर उठाउने, सडकछेउ बिरुवा रोप्ने, सडकमा धुलो उड्न नदिने जस्ता कार्यलाई प्राथमिकता दिने हो भने उपत्यका अझ राम्रो हुन्थ्यो होला।

तपार्इंको सपनाको सहर कस्तो होला ?

मैले लगभग विश्व नै घुमेँ, तर नेपालजस्तो देश कतै देखिनँ । नेपाल संसारकै पवित्र भूमि हो । यो बुद्ध जन्मिएको भूमि हो । यहाँका हरेक चोक–चोकमा मठ–मन्दिर छन् । ऐतिहासिक धार्मिक क्षेत्र छन् । आज विश्वका धेरै मानिस नेपालमै आएर भगवान् पुज्ने गरेका छन् । त्यसैले मलाई समग्र नेपाल सपनाको ठाउँजस्तै लाग्छ । यहाँको हिमाल, हरियाली, सेता झरना, चिसो पानी, डाँडाकाँडा हेर्दा नेपाल स्वर्गजस्तै लाग्छ । मात्रै यहाँ विकास निर्माणका कामले चुस्तता नपाएका हुन्।

तपाईंको विचारमा सहर कस्तो होला ?

हामी सुविधासम्पन्न सफा ठाउँलाई नै सहर ठान्छौँ । सहरमा व्यवस्थित सडक हुनुपर्छ । चोक–चोकमा हरियाली देखिनुपर्छ । सहरमा बस्ने कसैले पनि एकले अर्कालाई सहयोग गरेको देखिनुपर्छ । भीडभाड नभएको भए काठमाडौं राम्रो नै हुन्थ्यो । यहाँ देशभरिबाट मानिस आएका छन्, यहाँ राम्रा मान्छे पनि छन्, नराम्रा पनि।

बाहिरी मुलुक घुम्दा कुन–कुन सहर मनपर्‍यो ?

मैले देशका सहर घुमेँ । मैले यो सहर नै राम्रो लाग्यो भनेर भन्न सक्दिनँ । विश्वका सबै सहर उत्कृष्ट छन्।

उपत्यकाभित्र कतै घुम्न जानुपर्‍यो भने ?

भ्याएसम्म सबैतिर पुग्छु । भक्तपुर, काठमाडौं र ललितपुरको दरबार क्षेत्र राम्रो लाग्छ । यी ठाउँमा आनन्द पाइन्छ।

बाहिरी मुलुकका सहरसँग तुलना गर्दा हाम्रा सहर कस्ता छन् ?

अन्य मुलुकका सहरसँग हाम्रा सहरलाई दाँज्न मिल्दैन । नेपाल विश्वमै फरक विषेशता भएको देश हो । यहाँको मौलिकता कतै पाइन्न । हावापानी, प्राकृतिक सुन्दरता, ऐतिहासिक परम्परा र संस्कृतिलाई दाँज्ने हो भने हामी अन्य देशभन्दा धेरै धनी छौँ । हाम्रो देशमा हरियाली पहाड छन्।

पछिल्लो समय घुमेको सहर ?

पछिल्लोपल्ट म बार्सिलोना पुगेको थिएँ । यो सहर पनि निकै सुन्दर र व्यवस्थित छ ।

सहरको मनपर्ने खानेकुरा ?

यहाँका सबैखाले परिकार मनपर्छ।

The post ‘नेपाल जस्तो देश विश्वमै भेटिनँ’ : शिव श्रेष्ठ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BN752x
via IFTTT

0 comments:

Post a Comment

add

 
Top