Photo of Milford Sound in New Zealand

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षसंगै सक्रिय हुनसक्ने संकेत गरेका छन् । उनले भने मलुक बर्बादी तर्फ धकेलिएकोले टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै सक्रिय हुनसक्ने संकेत गरेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक दलहरुले मुलुकलाई अन्धकारतर्फ धकेलेको आरोपसमेत लगाएका छन् । दलहरुको आपसी खिचातानीका कारण मुलुक झनझन कमजोर बन्दै गएको दावी गर्दै उनले जनताको दैनिकी दयनीय बन्दै गएको र विदेशी हस्तक्षेप बढेको उल्लेख गरेका छन् ।

राजनीतिक दलहरुको गतिविधिप्रति तीव्र असन्तुष्टि जनाएका पूर्वराजाले ११ वर्षअघि आफूसंग गरेको सहमति दलहरुले तोडेको दाबीसमेत गरेका छन् । तर, के सहमति भएको थियो भन्ने कुरा भने उनले खुलाएका छैनन् ।

उनले विज्ञप्ति मार्फत भनेका छन् , ‘२०६३ सालमा जन चाहनालाई विचार गरी राजनीतिक दलका नेताहरुसंग बनेको सहमतिअनुसार संसद पुनस्र्थापना गरिंदा राजनीतिक संकट अन्त्य भई मुलुकमा शान्ति, स्थायित्व र संबृद्धिको द्वार खुल्ने अपेक्षा हामी सबैले राखेका थियौं । संसद पुनस्र्थापना पछि पुर्व सहमति प्रतिकुल निर्णय हूंदै जांदा पनि हामी सबैले देशको भविष्य र जनताको हितलाई केन्द्र विन्दूमा राखी मौनतापुर्वकसाथ दिएका हौं ।’

ज्ञानेन्द्रले विज्ञप्ति मार्फत दलहरुले अहिलेकै गतिविधी जारी राखे आफू चुप लागेर नवस्ने संकेत गरेका छन् । मुलुकमा शान्ति, स्थायित्व र संबृद्धि आउने अपेक्षासहित आफूले गद्दि छाडे पनि दलहरुले त्यो अपेक्षा पुरा गर्न नसकेको उनको दाबी छ ।

दलहरुको गतिविधीका कारण आम जनता आजित भएको भन्दै पूर्वराजाले भनेका छन् – ‘आफूले गद्दि छाडेपछि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तूलन असन्तुलित भएको र विश्वमा प्रचलित प्रजातान्त्रिक मुल्य, मान्यता र मर्म प्रतिकुल व्यवहार राजनीतिक तहमा प्रकट भएको पाइन्छ । जनताको चाहनावमोजिम शान्ति, स्थिरता र संबृद्धिको मार्ग तय गर्ने दिशामा पटक पटक चूकेको अनूभुति जनताले गर्नु परिरहेको छ ।’

हिमाल, पहाड र तराईको कसिलो सम्बन्धमा खलल पार्ने काम भएको भन्दै उनले असन्तुष्टि ब्यक्त गरेका छन् । सनातन धर्म र निष्ठामा आधारित जीवन मुल्यलाई क्षतविक्षत तुल्याउने काम भएको भन्दै उनले गुनासो गरेका छन् । मुलुक झनझन कमजोर बन्दै गएका कारण देशको प्रजातन्त्र र सार्वभौमिक स्वतन्त्रतामाथि समेत खतरा देखिन थालेको पूर्वराजा ज्ञानेन्द्रको ठहर छ ।

पूर्वराजाले दिएको सन्देशको पूर्ण पाठ नेपाली दिदी वहिनी तथा दाजु भाइहरु,

विक्रम सम्वत् २०७४ को सुभागमनको उपलक्ष्यमा म देश विदेशमा रहे बसेका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समुन्नतिको लागि हार्दिक शूभकामना प्रदान गर्दछु ।

अतितका कतिपय आदर्शलाई जीवन्त राख्दै आगतलाई अझ चहक बनाउदै लैजानु समयको माग हो । विगत एघार वर्ष के कसरी विते ? यो अवधिमा के के भए ? यस अवधिमा तमाम नेपाली दिदी वहिनी दाजु भाइहरुको सामाजिक, आर्थिक तथा नागरिक हक हितमा के कति सुधार आयो ? देशको अखण्डता, एकता एवं सार्वभौम स्वतन्त्रतामाथि आँच नपुगोस्, त्यो यतिखेर सोचनीय विषय हो ।

२०६३ सालमा जन चाहनालाई विचार गरी राजनीतिक दलका नेताहरुसंग बनेको सहमति अनुसार संसद पुनस्र्थापना गरिंदा राजनीतिक संकट अन्त्य भई मूलूकमा शान्ति, स्थायित्व र संबृद्धिको द्वार खुल्ने अपेक्षा हामी सबैले राखेका थियौं । संसद पुनस्र्थापना पछि पूर्वसहमति प्रतिकुल निर्णय हुँदै जांदा पनि हामी सबैले देशको भविष्य र जनताको हितलाई केन्द्र विन्दुमा राखी मौनतापुर्वक साथ दिएका हौं ।

यस अवधिमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन असन्तुलित भएको र विश्वमा प्रचलित प्रजातान्त्रिक मृुल्य, मान्यता र मर्म प्रतिकुल व्यवहार राजनीतिक तहमा प्रकट भएको पाइन्छ । जनताको चाहना वमोजिम शान्ति, स्थिरता र संबृद्धिको मार्ग तय गर्ने दिशामा पटकपटक चूकेको अनूभुति जनताले गर्नु परिरहेको छ ।

हिमाल, पहाड र तराई नै नेपालको विश्व परिचय भएको वास्तविकतालाई आत्मसात गरि तदअनूरुप व्यवहार गर्न नसक्दा नेपाली नेपालीबीच अविश्वास, अनेकता र आशंका उत्पन्न हूने स्थिति पैदा भएको छ ।

सनातन धर्म र निष्ठामा आधारित जीवन मृल्यलाई क्षतविक्षत तूल्याउन भएका दृश्य अदृश्य चालवाजीका कारण सामाजिक जीवन आकुल व्याकुल बन्न पुगेको छ । यसबाट देशको प्रजातन्त्र र सार्वभौमिक स्वतन्त्रतामाथि समेत खतरा देखिन थालेको छ । राष्ट्र सम्बृद्ध बनाउनमा मुख्य योगदान पुर्‍याउन सक्ने जनशक्तिको पलायन अत्यास लाग्दो किसिमबाट बढिरहेको छ ।

महाभुकम्प र बाढीपहिरोको कारण घरबास विहीन हुन पुगेका जनतालाई अनूभुत हूने स्तरको सहारा दिने कार्य हून सकेको छैन । राजनीतिक तहमा भएका अनगिन्ति संवाद र सहमति जनसमस्या समाधानमुखी नभएर राजनीति केन्दित हुन पुगेको देखिन्छ । राजनीतिक क्षेत्रप्रतिको भरोसा न्युन हुँदा त्यसले अन्तत देशको एकता र सबल राष्ट्रियतालाई नै दीर्घकालीन असर पुर्‍याउने त्रास थपेको छ ।

नव वर्ष २०७४ मा हामी चाहन्छौं , शान्त, सम्बृद्ध, सुरक्षित, सवल एवं अखण्ड नेपाल । गरीवी एवं अभाब मूक्त नेपाल । हरेक नेपालीले आफुलाई नेपाली हुँ भनी गर्व गर्न सक्ने नेपाल ।

श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल

The post चुनावमा बाम लहर आएपछी पूर्वराजा ज्ञानेन्द्रले मुख खोले , सोधे अचम्मित पार्ने प्रस्न appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BzMApE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top