Photo of Milford Sound in New Zealand

काठमाडौं, २४ मंसिर । नायिका एवं मोडल रिमा विश्वकर्मा यतिखेर तनावमा छिन् । शनिबार एक्कासि पूर्वपछि रोबर्ट बिकले वर्षा रसाइलीसँग इन्गेजमेन्ट गरेको तस्बिरसहित समाचार सार्वजनिक भएपछि रिमा चर्चामा छिन् ।

सो तस्बिर सार्वजनिक भ्एपछि मात्र रिमाको रोबर्टसँग डिभोर्स भएको तथ्य खुलेको थियो । उनले डिभोर्सपछि आफू निकै गम्भीर अवस्थाबाट गुज्रेको भन्दै मार्मिक स्टाटस लेखेकी छन् । उनले जिन्दगी आफूले सोचे जस्तो नरहने उल्लेख गर्दै बितेका जीवनप्रति कुनै गुनासो नरहेको उल्लेख गरेकी छन् । उनी अहिले एपीवानसँग आबद्ध छिन् । नेपाल आइडलको उनी प्रस्तोता थिइन् ।

रिमाको डेढ महिनाअघि मात्र पूर्वपति रोबर्टसँग सम्बन्ध विच्छेद भएको थियो । सल्लाहमै सम्बन्ध विच्छेद भएकाले रोबर्टले वर्षासँग इन्गेजमेन्ट गरेका हुन् ।

‘यो असहज परिस्थितिमा म यहाँहरूसमक्ष केही पनि कुरा राख्न वा केही पनि प्रश्नको उत्तर दिन असमर्थ छु । यतिबेलाको मेरो भावनात्मक र मानसिक अवस्था बुझिदिनुहुनेछ र म अनि मेरो परिवारका लागि केही समय दिनुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ । जिन्दगी सधै सोचे जस्तो त पक्कै हँुदैन र समय सधैं एकनास पनि हुँदैन । यो गाह्रो क्षण पनि पक्कै बितेर जानेछ । मेरो कोहीप्रति पनि केही गुनासो छैन,’ रिमाले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छन् ।

The post डिभोर्सपछि रिमा विश्वकर्माले लेखिन् मार्मिक स्टाटस, भन्छिन्, मेरो भावनात्मक र मानसिक अवस्था बुझिदिनोस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iKblnH
via IFTTT

0 comments:

Post a Comment

add

 
Top