Photo of Milford Sound in New Zealand

२४ मंसिर, काठमाडौं । चुनावको मुखमा छोरा प्रकाश दाहालको हृदयघातबाट निधन भएपछि शोकमा परेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई चुनावी नतिजाले सन्तुष्ट बनाएको छ ।
शोकको घडिमासमेत चुनावी अभियानमा हिँड्न बाध्य भएका प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट चुनाव जित्ने सम्भावना प्रबल छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी विना मगर कञ्चनपुरबाट जित नजिक पुगेकी छिन् ।

कञ्चनपुर क्षेत्रनम्बर १ बाट प्रचण्डकी बुहारी विना मगर १६ हजार ४५४ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसका दिवान सिंह विष्टले ९ हजार ८८ मतसहित पछ्याइरहेका छन् ।

मोरङ क्षेत्रनम्बर ६ को प्रदेशसभा ‘क’बाट भने छोरी ज्वाइँ जीवन आचार्य पराजित भएका छन् ।
मोरङको प्रदेशसभा तर्फ क्षेत्रनम्बर ६ (क) मा प्रचण्डको छोरी ज्वाइँ जीवन आचार्य कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग २ हजार ४३ मतअन्तरले पराजित भएका छन् । तबदार २३ हजार ५१३ मतसहित निर्वा्चित भए । आचार्यको पक्षमा २१ हजार ४७० मत परेको छ ।

प्रचण्ड आफै पनि जित उन्मुख भएका छन् । चितवन क्षेत्र नम्बर तीनमा प्रचण्डले प्रतिस्पर्धी विक्रम पाण्डेलाई ४ हजार भन्दा बढि मतले पछाडि पारेका छन् ।

त्यसैगरी पार्टी निकै कमजोर बनिसकेको अवस्थामा एमालेसँग चुनावी तालमेल गरेको माओवादीले हैसियतभन्दा धेरै ठाउँमा आफ्ना उम्मेदवारालाई जिताउन सफल भएको छ ।

The post छोरा प्रकाश दाहालको मृत्युले सोकमा डुबेका प्रचण्ड पहिलो पटक एति धेरै खुसि,कारण सहित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kNDQ8c
via IFTTT

0 comments:

Post a Comment

add

 
Top