Photo of Milford Sound in New Zealand

रसुवा, पुस ४– चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमार्ग र रेलमार्गको विकास तथा विस्तार गरिने भएको छ ।

रेलमार्ग निर्माणको बाटोको अवलोकन गर्नका लागि रसुवा आएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको १८ सदस्यीय टोलीले चीनको केरूङबाट रसुवागढी नाका हुँदै लुम्बिनी जोड्ने रेलमार्ग र गल्छी बेत्रावती मैलुङ स्याफ्रुवेशी हुँदै रसुवागढी जोड्ने सडकको विकास र विस्तार गर्ने बताएको छ ।

नेपाल चीन जोड्ने रेलमार्ग निर्माणको कार्य अगाडि बढाइने नेकपा एमालेका अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चीनको केरूङबाट रसुवागढी नाका हुँदै लुम्बिनी जोड्ने रेलमार्ग निर्माणको लागि प्रक्रिया अगाडि बढाउन लागेका छौँ ।’

गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुवेशी हुँदै रसुवागढी नाका जोड्ने दुई लेनको सडक आगामी वैशाखसम्ममा निर्माण सम्पन्न हुने छ । २ लेनको सडक निर्माण सकिए लगत्तै चार लेनको सडक निर्माण गरिने ओलीको भनाई थियो ।

चीनबाट रसुवागढी हुँदै रेलमार्ग आउने बाटोको अवलोकन गर्न मंगलबार रसुवा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडकमार्गको विस्तारसँगै रेलमार्ग निर्माणको प्रक्रिया पनि सँगसँगै अगाडि लैजान लागेको बताउनुभयो ।

ओलीको भ्रमण दलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ र शंकर पोखरेल लगायत १८ जना नेता सहभागी भएका थिए । टोलीमा नेकपा एमाले रसुवाका अध्यक्ष कर्णेल लामा, पूर्वसांसद जनार्दन ढकाल र गोसाइँकुण्ड गाउँपालिकाका उपप्रमुख कारग्याल्मो श्रेष्ठ लगायतका नेता सहभागी भएका थिए ।

टोलीलाई जिल्लाको टिमुरे, बृद्धिम र लाङटाङ स्थानीयबासीले ज्ञापनपत्र बुझाएका थिए । अन्तराष्ट्रिय नाकाको व्यवस्थापन गर्नुपर्ने, अन्तराष्ट्रिय नाका जोड्ने सडकको स्तरोन्नती गर्नुपर्ने, पर्यटकीय क्षेत्रको रुपमा परिचित रहेको रसुवामा पर्यटन प्रवद्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने र भूकम्पले क्षति पुगेको निजी संरचनाको निर्माणमा सहयोग गर्नुपर्ने मागसहित स्थानीयबासीले ज्ञापनपत्र बुझाएका हुन् ।

मनाङ एयर, फिष्टेल एयर र अल्टिच्युड एयरको चार वटा हेलिकप्टरमा आएको टोलीले रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ र चीनसँगको अन्तराष्ट्रिय नाका रसुवागढीको अवलोकन गरेको छ । ujyaaloonline

The post चार वटा हेलिकप्टर चढेर ओलीसहितको टोली रेलमार्गको अवलोकनमा… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BHjKDF
via IFTTT
19 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top