Photo of Milford Sound in New Zealand

काठमाडौं । बिहानदेखि रोकिएको सुनसरी क्षेत्र नं ३ को मत गणना अझै सुरु हुन सकेको छैन् । हार्ने निश्चित भएपछि बाम गठबन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्यको उम्मेदवार बनेकी एमाले नेतृ भगवती चौधरीले मत गणना हुन दिइरहेकी छैनन् । सूरुमा करिब ३ हजार मतले अग्रता लिएकी चौधरीको मतान्तर घटेर १ सय ५४ मा आएको र बिजय गच्छदारको पकेट क्षेत्रको मत गन्न बाँकी भए पछि होर्न डरले बिबाद निकालेर गणना रोकेकी हुन् । मत गन्नेक्रममा मत पेटीकामा अर्धकट्टी सहितको मतपत्र भेटिएको थियो । यही कुरालाइ लिएर चौधरीले मत गणना हुन दिएकी छैनन् ।

तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुगले भने, “हार्ने डरले भगवतीले बिबाद निकालेर बिजय गच्छदारको बद्नाम गर्ने काम गरेकी छन् । यदि काग्रेसले लफडा गर्ने भए तिन हजार मतले पछाडी हुँदा नगरेर समान मत हुदा गर्छ ? यो नसुहाउने कुरा गरेर गच्छदारको बदनाम गर्न खोजिदैछ ।” सुरुमा गच्छदार ३ हजार मतले पछि परेका थिए तर अहीले १५४ मतको मात्रै फरक छ । इटहरी १० र ११, गढी १, ३, ४, ५ दुहवी २, ३, ११, १२ र वर्जु ६ को मत गन्न वाँकी छ । यी क्षेत्र गच्छदारको पकेट क्षेत्र मानीन्छन् । यही कारण हार्ने डरले भगवतीले निर्बाचन कार्यालयमा उजुरी हालेर मतगणना हुन दिएकी छैनन् ।

बिगत बर्षमा पनि मत गणनाको अन्त्य तिर भगवतीले बिबाद गरेर मत गणना रोकेकी थिइन र बिजय गच्छदारले मत गणना रोकीकन धादली गरेर जितेको भनेर अर्नगल प्रचार गराएकी थिइन । यस पटक पनि आफु हार्ने भए पछि बिजय गच्छदारले धाँदली गरेको भनेर अर्नगल प्रचार गराउन भगवतीले मत गणना रोकेको काग्रेस कार्यकर्ताले बताएका छन् । अहिले मत गणना स्थल वरपर सयौ काग्रेस कार्यकर्ता भेला भएर तुरन्त मतगणना सुचारु गर्न माग गरि रहेका छन् । चौधरीले भने केपी ओलीलाइ फोन गर्न लगाएर नगन्न दबाब दिइ रहेको बताइएको छ ।

The post गच्छदारको क्षेत्रमा भगवतीले मत गन्न दिइनन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AdFrXT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top