Photo of Milford Sound in New Zealand

प्रतिनिधि सभाको निर्वाचनमा आफू उम्मेदवार भएकी दुर्गा पौडेललाई आफ्नै श्रीमानले भोट दिएनन् । त्यसमाथि सानो पार्टीकी उम्मेदवार । तर राष्ट्रिय जनमोर्चाकी पौडेलले आफ्नो पार्टीका तर्फबाट प्रतिनिधि सभाको निर्वाचन जित्ने एक्ली उम्मेदवार बनेर देखाइदिइन् ।

प्युठानमा वाम गठबन्धनकी उम्मेदवार उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. गोविन्दराज पोख्रेललाई फराकिलो मतअन्तरले हराउँदै जित हात पारिन् । पौडेलले ४७ हजार पाँच सय १४ मत पाएकी छन् । प्रतिद्वन्द्वी पोख्रेलले ३१ हजार दुई सय ८६ मत ल्याए । मतअन्तर १६ हजार दुई सय २८ छ । दुर्गाका प्रतिद्वन्द्वी पोख्रेल राष्ट्रिय पुननिर्माण प्राधिकरणका ‘सिइओ’ पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएका थिए ।

जिल्लाका मुख्य ठूला दल एमाले र माओवादी केन्द्रकी साझा उम्मदेवार पौडेल जिल्लाबाट पहिलो पटक निर्वाचित महिला सांसद भएकी छन् । उनी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी पत्नी हुन् । उनका श्रीमान् मोहनबिक्रम सिंहले उनलाई मत दिएका थिएनन् । मोहनबिक्रम अर्धभूमिगत छन् र उनले कहिल्यै मतदान गर्दैनन् । २०१५ को आम निर्वाचनमा आफैं चुनावमा उम्मेदवार हुँदा पनि मोहनबिक्रमले आफैंलाई भोट हालेका थिएनन् ।

The post आफ्नै श्रीमानले भोट नदिँदा पनि १६ हजार मत अन्तरले जितिन् दुर्गाले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2z0UANO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top