Photo of Milford Sound in New Zealand

काठमाडौ- विद्यार्थी नेता तथा उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुन दुर्घटनामा परि घाइते भएका छन् । चुनावी विजय सभामा सहभागी हुन रोल्पाबाट दाङ जाँदै गरेका पुन आइतबार दिउसो दुर्घटनामा परेका थिए। पुन अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष समेत हुन्।

रोल्पाको निजिङ र सुलीचौरकोबीचमा रहेको जंगलमा पुन चढेको कार ब्रेक फेल भई दुर्घटनामा परेको थियो । टाउकोमा चोट लागेका उनलाई तत्कालै सुलीचौर स्वास्थ्य चौकिमा लगिएको थियो । स्वास्थ्य चौकीले अन्य ठाउँमा लैजान रिफर गरेपछि तत्कालै भालुवाङमा ल्याई हेलिकोप्टरमार्फत काठमाडौ ल्याइएको उनीसँगै दुर्घटनामा परेका मनोज घर्तीमगरले जानकारी दिए।

हेलिकोप्टरबाट काठमाडौ ल्याइएका पुनको हाल ग्राण्डी इन्टरनेशनल होस्पिटलमा आइसियुमा राखेर उपचार भइरहेको छ । ‘उहाँको आइसियुमा राखेर उपचार भइरहेको छ,’ उपराष्ट्रपतिका प्रेस सल्लाहकार समेत रहेका मनोजले भने।

टाउकोमा रगत जमेको आशंकामा उनको आइसियुमा राखेर उपचार भइरहेको मनोजले जानकारी दिए । उनको अवस्था सुधार भइरहेको र चिकित्सकको सल्ला अनुसार ७२ घण्टापछि आइसियुबाट बाहिर निकालिने मनोजले जानकारी दिए ।

दुर्घटनामा मनोजसँगै चालकपनि सामान्य घाइते भएका छन् । गाडीको ब्रेक फेलभएपछि चालकले गाडीलाई भित्तातर्फ ठोक्काएका थिए। ‘चालकको सावधानीका कारण ठूलो क्षति हुन पाएन,’ मनोजले सञ्चारकर्मीसँग भने।

घाइते भएको छोरालार्इ भेट्न पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन र उनकी श्रीमती हस्तमाली पुन अस्पताल पुग्दा दुवैका आँखा रसाएका थिए । दिपेशको उपचारमा संलग्न रहेका चिकित्सकहरुले अवस्था सुधारहुँदै गएको र चिन्ता लिनु पर्ने अवस्था नरहेको बताएपछि उनीहरु सम्हालिएका थिए ।

The post दुर्घटनामा परेका छोरा भेट्न उपराष्ट्रपति र श्रीमती अस्पताल पुग्दा जे देखियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BTOi1a
via IFTTT

0 comments:

Post a Comment

add

 
Top