Photo of Milford Sound in New Zealand

रिमा बिश्वकर्मा एक चर्चित मोडल, भि.जे., टेलिभिजनकर्मी हुन र उनले टेलिभिजनमा पनि प्रस्तोताका रुपमा काम गरेकी थिन । उनले आफ्नो करियरको सुरुवात म्युजिक भिडियो बाट गरिन र त्यसपछि टेलिभिजन शो नेपाल आईडलमा काम गरिसकेकी छिन । रिमाले आफ्नो किशोर अवस्थाको केही कुरा खुलासा गरेकी छिन ।

अतिरिक्त क्रियाकलापमा सधै अगाडी

मेरो जन्म बर्दियाको गुलरियामा भएको हो । तर, म काठमाडौँमै हुर्किए । काठमाडौँको कालोपुल एरियामा म होस्टेल बसेर पढेँ । मलाई स्मरण भएअनुसार मेरो बाल्यकाल त्यहाँबाट बल्ल शुरु हुन्छ । म अतिरिक्त क्रियाकलाप, चित्र बनाउन, भाडा कुँडा बनाउन निकै सोख राख्थेँ । मैले हिमालयन विद्यामन्दिरमा पढेको हो । स्कुल हुदाँ मलाई टिचरहरुले जहिले पनि लिडरको रुपमा राखिदिनु हुन्थ्यो । स्कुलमा प्यारेन्टस डे हुदाँ तत्कालिन राजा रानी आउनु हुन्थ्यो । मेरो परिवारमा अहिले चाहि ममी र भाईहरु छन । मेरो भाईहरु संग भने म धेरै झगडा गर्थे । म भन्दा माथी एक जना दिदी हुनुहुन्छ । दिदी होस्टेल बसेको कारण उहाँ संग खासै नजिक हुन पाईन । भाई र म सगै पढेको र हुर्केको कारण ऊ संग नजिक छु । भाई र म आफू आफूमा झगडा गथ्र्यौ । मेरो भाई शारिरीक रुपमा धेरै दुब्लो थियो । म भने पहिल्यै बाट निकै कडा स्वाभावको थिए । म स्कुलको क्याप्टेन थिए । मेरो क्लासमेटले उसलाई हेप्न खोज्थ्यो म आएपछि भने उसको दिदी आयो भनेर छोड्दिने गथ्र्यो । पढाईमा म राम्रै थिए । म सधै पास हुने र कुनै कुनै विषयमा भने म एकदमै राम्रो थिए । मैले टिचरहरुको गाली खाएन भन्दा हुन्छ किनभने बाहिर केही प्रोग्राम भयो भने स्कुललाई लिड गरेर जाने मान्छे म हुन्थेँ । जहिले पनि जितेरै आएको हुन्थेँ । त्यही भएर टिचरहरुको खासै गाली खानुपरेन । त्यो बेलामा मेरो साथीहरु आफ्नो कक्षाको भन्दा म भन्दा माथिल्लो कक्षाको विद्यार्थीहरु हुन्थेँ ।

शाहरुख प्रतिको मोह देखेर परिवारहरु जिस्काउँछन

म बच्चै देखि अलि पाको थिए । सबै चिजहरु सम्हालिएर गर्थे । कडा पनि थिए । त्यो बेला हामी सिनेमाको कलाकार प्रति धेरै आर्कषित हुने गथ्र्यौ । मलाई याद छ मैले मेरो वालेटमा शाहरुख खानको फोटो लिएर हिड्ने गर्थे । मेरो टिचरले फोटो च्यातिदिदाँ म रोएको छु । मलाई ऊ संग लव परेको थियो । मलाई ऊ मेरो लाईफ पार्टनर भईदिओस जस्तो लाग्थ्यो । म होस्टेल बसेर पढेको कारण घरमा उसलाई लिएर मैले के के फटयाई गरेँ थाहा हुदैन्थ्यो । त्यो आर्कषण त्यो नजिक पन अहिले पनि छ । अहिले पनि मेरो परिवार सगै बसेर शाहरुखको सिनेमा हेर्दा मेरो बहिनीहरु एm जिजाजी आउनुभयो भन्ने गर्छन । त्यो मेरो परिवारमा निकै सामान्य कुरा भईसक्यो ।

किशोर अवस्थामा परिवारको राम्रो हेर चाह हुनुपर्छ

मेरो किशोर अवस्था निकै रमाईलो संग बित्यो । बाल्यकाल भने मलाई खासै याद छैन । किशोर अवस्था मैले आफ्नो पारामा जिउन पाए त्यही भएर निकै रमाईलो भयो । किशोर अवस्था मेरो जिवनको सबै भन्दा रमाईलो पल थियो जस्तो मलाई लाग्छ । अरुलाई म के भन्छु भने तपाईलाई जे चिज पनि आफ्नो पारामा जिउनुपर्छ । हामीले गरिरहेको चिजले अरुलाई नराम्रो नलागोस । जिन्दगीमा आफूलाई राम्रो लागेको र गर्न मन लागेको चिज आँट्न चाहि कहिले पनि नहिचकिचाउनु भन्छु । आफ्नो बच्चालाई कसरी हुर्काउने भन्ने बारेमा भने म परिवारको सदस्यलाई भन्न चाहान्छु । आफ्नो बच्चा कस्तो वातावरणमा हुर्किन्छ भन्ने कुराले धेरै ठूलो भूमिका निभाउँछ । त्यहीकारण बच्चाहरुलाई बाध्ने काम नगर्नु । तर, केही चिज गलत गरिराख्नु भएको छ भने हो यो गलतहो भने भन्नुपर्छ । तर, बिना कारण उनीहरुलाई रोकटोक गर्ने काम गर्नुहुदैन । केहीकाम गर्न हामीले उनीहरुलाई रोक्यौ भने उनीहरुको क्षमता फस्टाउन पाउँदैन । परिवार र किशोर किशोरी एक अर्कामा साथी जस्तो हुनुपर्छ ।

The post रिमा विश्वकर्माको बलिउड नायक शाहरुख खानसंग लभ परेको खुलासा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yIHLEN
via IFTTT

0 comments:

Post a Comment

add

 
Top