Photo of Milford Sound in New Zealand

काठमाडौं, १ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाजिम्पाटबाट डेरा सारेका छन् । प्रचण्डले ललितपुर महानगरपालिका–१५ स्थित खुमलटारमा रहेको निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरलाई शुक्रबार साँझदेखि आफ्नो नयाँ डेरा बनाएका हुन् । अधिकारीको ललितपुर मानभवनमा रहेको अर्काे घरमा एमाले–माओवादी केन्द्रका नेताबीच पार्टी एकता र चुनावी तालमेलको सहमति भएको थियो ।

को हुन नयाँ घर बेटी ? शैलुङ इन्भेष्टमेन्ट ग्रुप र पावर कम्पनीका अध्यक्ष एबं कार्यकारी निर्देशक समेत रहेका अधिकारी माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सूचीमा छन् । समानुपातिक सूचीको बन्दसूचीमा उनको नाम ३३ नम्बरमा छ ।

प्रचण्डले छोरा प्रकाशको निधन, लाजिम्पाट निवासमा जाने बाटो साँघुरो हुनु र घर चुहिने यी ३ कारणले डेरा सारेको बताइएको छ । प्रचण्ड विहीबार साँझ नै त्यहाँ बस्न सुरु गरेका छन् । तर, भाडा भने टुंगो लागेको छैन् । प्रचण्ड यसअघि ५ वर्षदेखि लाजिम्पाट निवासमा बस्दै आएका थिए

The post यी हुन् प्रचण्डका नयाँ घरबेटी, कहाँ सारे डेरा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AUBLhV
via IFTTT

0 comments:

Post a Comment

add

 
Top