प्योङयाङ– अमेरिकाले उत्तर कोरियामाथि सामुन्द्रिक नाकाबन्दी लगाएर युद्धको घोषणा गरेको दाबी उत्तर कोरियाली नेता किम जोन उनले गरेका छन्।
उत्तर कोरियाले निरन्तर रुपमा गरेको आणविक हतियारको परीक्षण पश्चात् अमेरिकाको नेतृत्वमा दक्षिण कोरिया तथा जापानले संयुक्त रुपमा सैन्य अभ्यासको सुरुवात गरिसकेका थिए । उत्तर कोरिया माथि सामुन्द्रिक नाकाबन्दी लगाउनु पर्ने समेत अमेरिकाको दाबी छ।
कोरियाली प्रायद्विपमा उच्च बिन्दुमा तनाव बढ्नुको कारक उत्तर कोरियाले परीक्षण गरेको मिसाइल बनेको छ ।
उत्तर कोरियाले अमेरिकालाई पूर्ण रुपमा सखाप बनाउन सक्ने आणविक हतियारको परीक्षण गरेपश्चात् उत्तर कोरिया विश्वमा नै एक साझा चुनौती बनेको छ।
गत नोभेम्बरमा मात्रै उत्तर कोरियाले विभिन्न गरी करिब १५ को संख्यामा शक्तिशाली आणविक हतियारको परीक्षण गरेको थियो।
अमेरिकाको गृह मन्त्रालयले उत्तर कोरिया जाने सम्पूर्ण सामाग्रीहरूमा प्रतिबन्ध लगाउनका लागि एक विज्ञप्ती नै जारी गरेको थियो । उक्त निर्णयमा साथ दिनका लागि गृह मन्त्रालयले सम्पूर्ण विश्व समुदायलाई समेत आह्वान गरेको छ।
The post ‘अमेरिकाले गर्यो युद्धको घोषणा’ appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2yhcSXN
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.