Photo of Milford Sound in New Zealand

काठमाडौं, १८ मंगसिर – बुढानिलकण्ठ नगरपालिकाको चपलीमा सोमबार अपरिचित समुहले बम बिस्फोट गरायो । नेपाली कांग्रेस क्षेत्र नम्बर चारका उम्मेदवार गगन थापा सहितको समूहले घरदैलो गरिरहेको बेलामा उक्त घटना भएको बताईएको छ ।

उक्त घटनामा गगन थापाका साथमा रहेका केहि कांग्रेस कार्यकर्ताहरु घाइते भएतापनि थापाको भने कानमा सामान्य चोट लागेको बुझिएको छ । कुनै ठुलो चोटपटक नलागेका कारण उनि केहि समय अस्पताल बसेर घर फर्किसकेका छन् । तर उनि अस्पतालबाट बाहिर निस्किदा भने अचम्मको दृश्य देखियो । अस्पतालबाट निस्कदा उनले टाउको वरिपरी नै सेतो कपडाको बाक्लो पट्टि बाधेको देखिएको छ जुन गहिरो चोटपटक लाग्दा मात्रै प्रयोग गर्ने गरिन्छ ।
आखिर किन थापा आफुलाई टाउको भरि बाधिएको पट्टिसहित अस्पतालबाट सार्वजनिक भए त ? अहिले सर्वाधिक चासोको बिषय बनेको छ । आफ्ना भासणमा आफुलाई नैतिकताको राजनीति गर्ने, स्वस्थ प्रतिस्पर्धा गर्ने भन्न रुचाउने थापा यो कार्यले भने उनको त्यो भनाइको आफैंले खण्डन गरेको छर्लङ्ग भएको छ । सहानुभूतिको मत प्राप्तिका लागि मात्रै उनले त्यसो गरेको सहजै अनुमान गर्न सकिन्छ ।

निर्वाचन प्रचारको शुरुवाती देखि नै बाम गठबन्धनका पक्षमा ब्यापक जनलहर पैदा भएको यस क्षेत्रमा गगन थापा उनकै कारण जनतामाझ अलोकप्रिय हुँदै गएका थिए । यस क्षेत्रमा दुइ कार्यकाल जनप्रतिनिधि रहेका थापाले यस क्षेत्रको बिकासमा कुनैपनि उल्लेखनीय भूमिका निर्वाह गर्न नसकी जनताको नजरमा असक्षम साबित भैसकेका थिए । स्मरण रहोस यहि कारण स्थानीय तहको निर्वाचनको समयमा कपनका स्थानीय बासिन्दाबाट समेत लखेटिनु परेको थियो ।
यी र यस्तै कारणले प्रताडित बन्दै गएका थापा यस क्षेत्रबाट पुन: निर्वाचित हुन बिभिन्न बहानाबाजीको खोजीमा थिए र कुनै न कुनै रुपमा जनताको सहानुभूति खोजिरहेका थापाले बिना चोटपटक टाउकोमा निकैठुलो पट्टि बाधेर मतदाता सामु प्रस्तुत भएका छन् । नक्कली पट्टिकै भरमा जनताले उनलाई सहानुभूति प्रकट गर्लान् भन्ने कुरामा भने बिश्वास गरिहाल्ने अवस्था छैन । किनभने चिल्ला कुरा गर्न थापा बिगत लामो समयदेखि माहिर रहेको यस क्षेत्रका आम मतदाताले स्पष्ट संग बुझिसकेका छन् भनेर चपली अनलाइनमा खबर छ

The post बिना चोटपटक किन लगाए गगन थापाले टाउकोभरिको पट्टि ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jdZMWm
via IFTTT

0 comments:

Post a Comment

add

 
Top