Photo of Milford Sound in New Zealand

शताब्दियौंदेखि मानिसहरू पीपलको रुखको पूजा गरिरहेका छन् । धर्तीमा भएका रुखमध्ये यसैले सबभन्दा बढी अक्सिजन फाल्छ । यसले चौबीसै घन्टा अक्सिजन दिन्छ ।

पीपलले हामीलाई अनेकथरी रोगबाट बचाउँछ । यसका सुकेका पात, सुकेका फल, जरा र बीजले समेत शरीरलाई फाइदै फाइदा गराउँछ । आउनुस्, यसका फाइदाका बारेमा जानिराखौं । चाउरी पीपलको जरालाई पानीमा भिजाएर पिँध्नुस् र यसको पेस्टलाई अनुहारमा दल्नुस् । पेस्ट सुकेपछि अनुहार धुनुस् । यसलाई नियमित लगाउँदा चाउरी हट्छ ।

दाद र चिलाउने दाद र छाला चिलाउने समस्या छ भने पीपलका चार पातहरू चपाई चपाई खानुस् । यसो गर्न सक्नुहुन्न भने पीपलको बोक्राको काँढा बनाउनुस् र दाद लागेको ठाउँमा लगाउनुस् ।

पेट ठीक गर्न कब्जियत, ग्यास र पेटको समस्यालाई हटाउन पीपलको ताजा पातको जुस बिहान बेलुका पिउनुस् । यो जुसले वात र पित्त पनि ठीक हुन्छ । दम दमको रोगीका लागि पीपल त वरदानै हो । पीपलको बोक्राको भित्री भागलाई निकालेर सुकाउनुस् । सुकाएपछि धूलो बनाउनुस् र पानीमा भिजाएर दम रोगीलाई पिलाउनुस् ।

रुघामर्की पीपलको पातको धूलोलाई पानीमा अलिकति मिश्री मिसाएर पिउँदा रुघामर्की ठीक हुन्छ । वर्षौंसम्म रुघाले सताएको मान्छेलाई पनि यस्तो काँढाले ठीक पार्छ ।

घाउचोटमा घाउ लागेपछि छिट्टो सुकाउनका लागि पीपलका पातलाई तातो पानीमा राख्नुस् अनि घाउमा लगाउनुस् । यसले घाउ सुकाउन थाल्छ ।

पाइताला नरम बनाउन पीपलको पातबाट निस्कने दूधलाई फाटेको पाइतालामा दल्दा तिनीहरू कोमल र सामान्य हुन्छन् ।

नाथ्री फुट्ने गर्मीमा प्रायः मानिसको नाथ्री फुट्छ । पीपलका ताजा पातको रस निकालेर नाकमा चुहाउनुस् । यसो गर्दा रगत बग्न बन्द हुन्छ ।-lokaantar news

The post गालामा चाउरी देखियो ? पिपलको प्रयोगले हट्छ, अरुपनि छन् यस्ता फाइदा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2l11sD1
via IFTTT

0 comments:

Post a Comment

add

 
Top