Photo of Milford Sound in New Zealand

नुवाकोट, १४ मंसिर । वैदेशिक रोजगारीका कारण बिभिन्न विकृति मौलाइरहेका बेला नुवाकोटमा यस्तै एउटा घटना भएको छ । अवैध सम्बन्धबाट जन्मिएको बच्चा मारेर फालेको अभियोगमा नुवाकोटको तारकेश्वर गाउँपालिकाबाट देवर–भाउजु नै पक्राउ परेका छन् ।

तारकेश्वरको तारुकाका २२ वर्षीया सविना अधिकारी र उनका देवर २३ वर्षीय विनोद अधिकारीलाई शिशु मारेर फालेका कारण बुधबार पक्राउ गरेको नुवाकोट जिल्ला प्रहरीका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए । दुवैलाई विदुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

नवजात छोरीको हत्या गरी मलकुण्डमा गाडेको अवस्थामा बुधबार बिहान फेला परेपछि उनीहरु पक्राउ परेका हुन् ।सविनाका पति चार वर्षदेखि मलेसियामा छन् । चार वर्षका छोराकी आमा सविनाले देवरसँगको यौन सम्बन्धबाट जन्मेको नाबालिका मारेर फालेको नुवाकोट प्रहरीले जनाएको छ ।

The post पति मलेसियामा, देवरसँग मस्ती गरेको ‘पाप’ कुर्लेपछि…. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BDabCQ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top